एमाले लुम्बिनी प्रदेश अध्यक्षमा रिजाल र कँडेलको उम्मेदवारी

रुपन्देही । नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गराएका छन् । कंडेल वर्तमान अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्य हुन्।

सहमतीमा नेतृत्व टुंगाउने प्रयास गरेपनि अन्तत दुई समूहबाट अध्यक्षमा उमेदवारी परेको हो। पाल्पाका कँडेल उपाध्यक्ष विष्णु पौडेल समूहका हुन् भने रिजाल महासचिव शंकर पोखरेल समूहका मानिन्छन् । प्युठानका रिजाल केन्द्रीय सदस्य समेत रहेका छन्।

अध्यक्षमा उम्मेदवारी दर्ता गराएका रिजालको  उम्मेदवारीमा विजयविराज विष्ट प्रस्तावक र बालसिंह काउछा समर्थक रहेका छन्। कँडेलको उम्मेदवारीमा राजुप्रसाद श्रेष्ठ प्रस्तावक र भोजराज पोखरेल समर्थक रहेका छन्।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनका लागि १२ वटै जिल्लाबाट छानिएका १ हजार ४ प्रतिनिधिहरु सहभागी छन्। एमाले अधिवेशनको निर्वाचनका सबै प्रक्रिया आज बिहान १० बजेसम्मका लागि स्थगित भएका छन्। अध्यक्ष, उपाध्यक्ष सहितका पदाधिकारीमा दुई दुई जनाको उमेदवारी परेपछि अध्यक्ष मण्डलले निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो।

मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले सोमबार बिहान १० बजेसम्मकालागि उमेदवारी दर्ता प्रक्रिया स्थगित भएको जानकारी दिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?