बुटवल । अर्घाखाँचीमा एक वर्षमा ८१ करोड भन्दा बढि राजस्व संकलन भएको छ ।
आर्थिक वर्ष २०७९/८० मा जिल्लामा ८१ करोड ७९ लाख २३ हजार ५ सय ३९ रुपैयाँ ४३ पैसा राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय अर्घाखाँचीका कोष नियन्त्रक राजु पाण्डेले जानकारी दिए ।
कोष नियन्त्रक राजु पाण्डेका अनुसार आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा संघीय र प्रादेशिक कार्यालयमा ७० करोड ७४ लाख २८ हजार ३ सय ९८ रुपैयाँ बराबरको राजस्व संकलन भएको छ भने स्थानीय तहमा ११ करोड ४ लाख ९५ हजार १ सय ४१ रुपैयाँ ४३ पैसा बराबरको राजस्व संकलन भएको छ ।
३ नगरपालिका र ३ गाउँपालिकाका गरि ६ वटा स्थानीय तहहरू रहेको अर्घाखाँचीमा आर्थिक वर्ष २०७९/८० मा नगरपालिका तर्फ सबैभन्दा धेरै सन्धिखर्क नगरपालिकाले राजस्व संकलन गरेको छ भने सबैभन्दा कम शितगंगा नगरपालिकाले संकलन गरेको छ । यता गाउँपालिका तर्फ सबैभन्दा धेरै पाणिनि गाउँपालिकाले राजस्व संकलन गरेको छ भने सबैभन्दा कम छत्रदेव गाउँपालिकाले संकलन गरेको छ ।
सन्धिखर्कले आर्थिक वर्ष २०७९/८० मा ३ करोड ८० लाख ८० हजार नौ सय ४२ रुपैयाँ ९४ पैसा राजस्व संकलन गरेको छ भने शितगंगा नगरपालिकाले एक करोड ३६ लाख २० हजार नौ सय नौ रुपैयाँ ४८ पैसा राजस्व संकलन गरेको छ । यता भूमिकास्थान नगरपालिकाले २ करोड १० लाख ९६ हजार ५२ रुपैयाँ ६५ पैसा राजस्व संकलन गरेको छ ।
यस्तै गाउँपालिका तर्फ पाणिनि गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा २ करोड २४ लाख ६८ हजार ५१ रुपैयाँ ३२ पैसा राजस्व संकलन गरेको छ भने छत्रदेव गाउँपालिकाले ५४ लाख ४६ हजार ८ सय २४ रुपैयाँ ४० पैसा राजस्व संकलन गरेको छ । यता मालारानी गाउँपालिकाले ९७ लाख ८२ हजार ३ सय ६० रुपैयाँ ६४ पैसा राजस्व संकलन गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय अर्घाखाँचीको तथ्यांक रहेको छ ।