प्रधानमन्त्री प्रचण्ड आज बेइजिङ जाँदै, नेपाल-चीन बिजनेस समिटमा सहभागी हुने

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हान्जाउबाट राजधानी बेइजिङ जाँदै छन् ।

प्रधानमन्त्री प्रचण्ड आज बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गर्नेछन् । उनलाई ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ मन्त्रीले स्वागत गर्नेछन् । विमानस्थलबाट उनी बेइजिङस्थित स्टेट गेष्ट हाउसमा प्रस्थान गर्ने छन् । उनको बसोबासको प्रबन्ध सोही स्टेट गेस्ट हाउसमा मिलाइएको छ ।

आज अपराह्न ४ बजे नेपाल-चीन बिजनेस समिटमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने छन् । बिजनेस समिटमा चीनका उच्चस्तरीय अधिकारीहरुसहित नेपालबाट गएका उद्योगी व्यवसायीहरु समेतको टोली सहभागी हुने छ । उक्त समिटलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् ।

त्यसपछि पौने ६ बजे उनी बेइजिङस्थित नेपाली राजदूतावासमा आयोजित रात्रिभोजमा सहभागी हुने छन् । सोमबार समकक्षी ली छ्याङ तथा अन्य उच्चस्तरीय अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड शनिबार चीनको हान्जाउ पुगेका थिए । त्यहाँ उनले चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गर्नुका साथै १९ औं एसियन गेम्सको उदघाटन समारोहमा सहभागी भएका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
Online khabar
लेखकको बारेमा

Online khabar

Onlinekhabar देशकाे चर्चित अनलाइन मिडिया हाे ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?