काठमांडाै । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट मनसुन बाहिरिइसकेको छ ।
अहिले देशको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ महाशाखाले नियमित बुलेनिटमार्फत् जानकारी दिएको छ।
अहिले बिहान कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले बताएको छ।
दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताइएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।
राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताइएको छ।
कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।












