भैरहवा मेडिकल कलेजमा विद्यार्थी आन्दोलन, बन्धक बनाएको प्रिन्सिपलको आरोप

बुटवल । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस) एण्ड टिचिङ हस्पिटलमा ड्रेस कोडको विवादले उत्पन्न विद्यार्थी आन्दोलन अझै रोकिएको छैन ।

विद्यार्थीलाई पोशाक अनिवार्य गर्ने प्रिन्सिपल प्रा.डा.लक्ष्मी पाठकको निर्णयप्रति असहमति जनाउंदै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

आन्दोलनका कारण विद्यार्थीहरुले आफूलाई पाँच दिनदेखि बन्धक बनाएर शौचालय जान र खाना खानसमेत नदिएको आरोप उनको छ ।

रातभर चर्को स्वरमा स्पिकर बजाएर सुत्नसमेत नदिएर अमानवीय व्यवहार गरेको पाठकको गुनासो छ । डा. पाठकले आफूलाई ट्रयाप गरेर राखेको र पिसाबले च्याप्दासमेत शौचालय जान नदिएको उनको गुनासो छ ।

उनले कसैले पकेटमा लुकाएर ल्याइदिएको खानेकुरा मात्र खान पाएको भन्दै आफ्नो स्वास्थ्यमा तलमाथि भए विद्यार्थीहरु नै जिम्मेवार हुनुपर्ने तर्क गरेकी छन् । ‘पाँच दिनदेखि एउटै कपडामा छु, पिरियड भएकै कपडामा छु, दिनमा तीनपटक मात्र बाथरुम जान दिएका छन्, कसैले पकेटमा लुकाएर ल्याएको खाएको छु,’ उनले भनिन्, ‘दिउँसोमा मलाई कसैलाई भेट्न दिएका छैनन्, पिसाब पनि च्यापेर बसेको छु, २४ घण्टामा तीनपल्ट मात्र जानुपरेको छ ।’

विद्यार्थीहरुलाई दुई पटक वार्तामा आउन लिखित अनुरोध गर्दा पनि नआएको र अराजकताको पराकाष्ठा देखाएको भन्दै कुनै हालतमा राजीनामा नदिने उनले बताएकी छन् ।

विद्यार्थीहरुले माफी नमागेसम्म माग सम्बोधन गर्न नसकिने उनको अडान छ । आफू केही गर्छु र गुणस्तर राम्रो बनाउन कोसिस गर्ने आंटिलो मान्छे भएको र राम्रो रिजल्टका लागि कडाइ (टाइट) गर्ने भएकाले व्यक्तिगत इगो सांधेर राजीनामा मागेको पाठकले दाबी गरिन् ।

विद्यार्थीहरु भीड जम्मा गरेर अराजकता गर्नु नसुहाउने भन्दै उनले विद्यार्थीहरुले सीमा नाघ्न लागेको बताइन् ।

उनले आफू विद्यार्थीको पढाइ र आउँदो काउन्सिलको इन्टर्नसीप को बारेमा चिन्तित भए पनि आफूलाई बन्धक बनाएर काम गर्न नदिएकाले यसको जिम्मेवार विद्यार्थीहरु नै हुने बताएकी छन् ।

विद्यार्थीलाई आन्दोलनमा कुनै राजनीतिक दल वा नेताले गाइड गरेजस्तो हिसाबले विद्यार्थीहरु प्रस्तुत भएको डा. पाठकको आरोप छ । ‘म कुनै हालतमा राजीनामा दिन्न र उनीहरुले सरी नभनेसम्म एड्रेस पनि गर्दिन’-उनले भनिन्, ‘उनीहरुको पढाइ लेखाइ र आउँदै गरेको काउन्सिलको इन्टर्नसिपप्रति मलाई एकदमै चिन्ता छ तर उनीहरुले मलाई काम गर्न दिएका छैनन्, मलाई रिलिज (रिहा) गरेका छैनन् र यसको जिम्मेवारी उनीहरु स्वयंले भोग्नुपर्छ यसमा कुनै शंका छैन ।’

कलेज प्रशासनले लागू गरेको ड्रेस कोड खारेज हुनुपर्ने, इन्टर्नसिपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्नेलगायतका माग राखेर विद्यार्थीहरुले आन्दोलन जारी राखेका छन् ।

प्रिन्सिपलमा नियुक्त भएर आएपछि पाठकले एबीबीएस तेस्रो, चौथो र पाँचौं वर्ष तथा इन्टर्नसिप गर्ने विद्यार्थीका लागि नयाँ ड्रेस कोड लागू गरेकी थिइन् । तर यो ड्रेस कोड आफूहरुलाई मान्य नहुने विद्यार्थीहरुको अडान छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रिन्सिपल पाठकलाई बन्धक बनाएर राखिएको सूचना आफूकहाँ आएपछि वार्ताबाट समाधान खोज्न दुवै पक्षलाई सुझाव दिएको र प्रिन्सिपलको मानवअधिकार हनन् नगर्न सचेत गराएको बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
Online khabar
लेखकको बारेमा

Online khabar

Onlinekhabar देशकाे चर्चित अनलाइन मिडिया हाे ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?