बागमतीका मन्त्री, सांसद र स्वकीयलाई दसैँभत्ता, झण्डै १ करोड झ्वाम

काठमांडाै । बागमती प्रदेशका मन्त्री, सांसद र स्वकीय सचिवहरुले झण्डै १ करोड अर्थात् ९८ लाख रुपैयाँ भन्दा बढी रकम दसैँभत्ता बुझेका छन् ।

प्रदेश सरकारका ६ मन्त्री, सभामुख र उपसभमुख, ९६ जना सांसदसहित स्वकीयहरुको दसैँभत्ताका लागि ९८ लाख रुपैयाँ भन्दा बढी रकम खर्च भएको छ ।

बागमती प्रदेशसभा सचिवालय हेटौंडाले सभामुख, उपसभामुखसहित ९६ सांसद र तिनका स्वकीयहरुलाई दसैँभत्ता उपलब्ध गराएको हो भने मन्त्रीहरुलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेटौंडाले वितरण गरेको हो ।

सभामुख, उपसभामुखसहित सांसद र स्वकीयलाई ८५ लाख ११ हजार ५५० रुपैयाँ भत्ताबापत वितरण गरिएको सचिवालयले जानकारी दिएको छ । मन्त्री र मन्त्रीका स्वकीयहरुका लागि १३ लाख ७१ हजार ९४१ रुपैयाँ दसैँभत्ता उपलब्ध गराएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेटौंडाले जनाएको छ । मन्त्री, संसद र स्वकीयहरुको दसैँभत्ता वापत् प्रदेश सरकारको ढुकुटीबाट ९८ लाख ८३ हजार ४९१ रुपैयाँ खर्च भएको छ ।

दसैँ भत्ता बापतको रकम ९६ जना सांसदहरुलाई ४९ लाख ५९ हजार रुपैयाँ र स्वकीय सचिवहरूलाई ३२ लाख ९९ हजार ३ सय ५० रुपैयाँ, सभामुख, उपसभामुख र प्रतिपक्षी दलका नेतालाई १ लाख ७७ हजार रुपैयाँ र तिनका स्वकीयहरूलाई १ लाख १२ हजार २२८ रुपैयाँ दसैँभत्तावापत दिइएको हो ।

प्रदेशमा १२ जना मन्त्रीमध्ये ६ जनाले मात्र दसैँभत्ता भुझेका छन् भने अन्य ६ जना मन्त्रीले बुझेका छैनन् । ६ जना मन्त्रीको नियुक्तिको अवधि ६ महिना पुरा नभएकाले उनीहरुलाई अन्य सरह दसैँभत्ता वितरण नगराइएको मुख्यमन्त्री कार्यलयका लेखा अधिकृत देवीप्रसाद गौतमले बताए ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दसैँ भत्तावापत ७० हजार ७३० रुपैयाँ तथा ५ जना मन्त्रीहरुले जनही ६० हजार ३२० रुपैयाँ बुझेका छन् । मुख्यमन्त्री र मन्त्रीहरुका राजनीतिक सल्लाहकार, स्वकीय सचिव, सुरक्षा गार्ड, सवारी चालक, कार्यलय सहयोगीलगायत २९ जनाले ३ लाख ७२ हजार रुपैयाँ दसैँभत्ता बुझेका छन् ।

बागमती प्रदेशसभा सचिवालयका लेखाअधिकृत बालकृष्ण अधिकारीका अनुसार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकलार्ई ६१ हजार ४५० रुपैयाँ, उपसभामुख अप्सरा चापागाईंलाई ५८ हजार रुपैयाँ र प्रतिपक्षी दलका नेतालाई पनि ५८ हजार रुपैयाँ दसैँ भत्ता दिइएको छ । उनीहरुका स्वकीय सचिवहरुलाई कुल १ लाख १२ हजार २२८ रुपैयाँ दसैँभत्ता वितरण गरिएको छ ।

सचिवालयले दसैँभत्ता वापत सत्तारुढ दलका मुख्य सचेतकलाई ५६ हजार ८४० रुपैयाँ र विपक्षी दलका प्रमुख सचेतकलाई ५४ हजार ५२० रुपैयाँ दसैँभत्ता उपलब्ध गराएको छ ।

उता, ९३ जना प्रदेशसभा सदस्यले जनही ५२ हजार दुई सय रुपैयाँका दरले ४८ लाख ५४ हजार ६०० रुपैयाँ दसैँभत्ता बैंक दाखिला गरिएको छ भने उनीहरुको स्वकीय सचिवले ३४ हजार ७३० रुपैयाँका दरले ३२ लाख २९ हजार ८९० रुपैयाँ दसैंभत्ता लिएका छन् ।

प्रदेशसभाका संसदीय समितिका सभापतिलाई भने दसैँभत्ता वितरण नगरिएको उनले बताए । संसदीय समितिको निर्वाचन नभएको र ज्येष्ठ सदस्यहरुबाट काम भइरहेकाले दसैँभत्ता उपलब्ध नगराइएको उनको भनाई छ ।

प्रदेशसभा सचिवालयले सभामुख पाठकका स्वकीय सचिव २ जनालाई उपसचिवसरह ४० हजार ३८० रुपैयाँ, शाखा अधिकृत सरहले ३५ हजार ९ सय ९०, उपसभामुख र प्रमुख प्रतिपक्षी दलको नेताको स्वकीय सचिवलाई शाखा अधिकृतसरह ३५ हजार ९९० र बाँकी सांसदहरुको स्वकीय सचिवलाई नायव सुब्बासरह ३४ हजार ७३० रुपैयाँ दसैँभत्ता खर्च वितरण गरेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?