घुम्नै पर्ने पाणिनिका २ महत्त्वपूर्ण गन्तव्य स्थल

अर्घाखाँची । पर्वको बिदा तथा अन्य बिदाको सदुपयोग गर्न घुम्न जान चाहानेहरुका लागि अर्घाखाँची जिल्ला धार्मिक तथा पर्यटकीय हिसावले राम्रो गन्तब्य हो ।

त्यसमा पनि पाणिनि गाउँपालिका धार्मिक दृष्टिकोणले मात्र नभई शैक्षिक तथा पर्यटकीय रुपमा पनि निकै महत्वपूर्ण छ । यसपालिकाभित्र बिभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरु रहेका छन् । आज हामी पाणिनि गाउँपालिकामा घुम्नै पर्ने २ स्थानहरुको बारेमा सामान्य चर्चा गर्न गइरहेका छाैँ ।

१. पाणिनि तपोभूमि

विश्व भाषा सम्पदाको प्रमुख स्थल पाणिनि तपोभूमि प्रमुख गन्तब्य हुन सक्छ । यो नेपालका १०० गन्तब्यस्थल मध्येको एक स्थल पनि हो । पाणिनि गाउँपालिकाको कार्यालय रहेको स्थान दुर्गाफाँटबाट करिव १६ किलोमिटरको दुरीमा रहेको पाणिनि तपोभूमी पाणिनि गाउँपालिकाको १ र २ नम्बर वडाको सिमानामा पर्छ ।

सास्कृतिक एवं ऐतिहासिक हिसावले यो स्थान जति महत्पूर्ण छ त्यति नै प्राकृतिक हिसावले पनि उत्तिकै लोभलाग्दो छ । प्राकृतिक हिसाबले निकै मनोरम देखिने चिसो हावापानी रहेको यो महत्वपूर्ण क्षेत्रको भ्रमणले जोकोहीको पनि मन लोभ्याउछ ।

इसापूर्व ५०० मा जन्मिएका भनेर विश्वास गरिने ऋषि पाणिनिले यस ठाउँको तत्कालीन घना जङ्गलमा गरेको साधनासँगै त्यस ठाउँको नाम उति बेलादेखि नै पणेना रहँदै आएको जनविश्वास छ । हजारौं बर्ष पहिले पाकिस्तानको लाहोरबाट अर्घाखाँची आएका पाणिनि ऋषिले पणेनाको लेकमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेका थिए । यसै क्षेत्रमा आएर पाणिनी ऋषिले तपस्या गरेपछि भगवान् शिवजी खुशी भई अइउण्, ऋलृक् आदि चौध सूत्रको स्वर निकालेको र ती चौध सूत्रबाट संस्कृत व्याकरणको रचना गरेको भन्ने धार्मिक तथा ऐतिहासिक मान्यता रहेको छ ।

बिश्व भाषाको उद्गमस्थल पाणिनि तपोभूमि शैक्षिक हिसावले पनि निकै महत्वपूर्ण गन्तब्य हो । यो अर्घाखाँची जिल्लाको मात्र नभई विश्व कै एक गन्तब्य हो । यो एउटा ठूलो जङ्गलको बीचमा अवस्थित छ । यस तपोभूमि वरिपरि रहेको जंगलमा सयौँ प्रकारका जडिबुटी र जङ्गली पशुपंक्षिहरु पाइन्छन् । यस ठाउँको ठीक बीच भागमा एउटा ठूलो दह (ताल) छ जसले सबैको ध्यान एकपटक आफुतिर तान्ने गर्दछ । यो तालको प्रमुख विशेषता भनेकै तालभित्रकै उत्तरतर्फको पानी कालिगण्डकीमा मिसिन आउछ भने दक्षिणतर्फको पानी बाणगङ्गामा मिसिन आउँछ । यसका साथै मनै लोभ्याउने धेरै मन्दिरहरु, यज्ञशाला, पाकशाला, भ्युटावर, अति सुन्दर बगैँचा, पाणिनी ऋषिको लोभ लाग्दो मूर्ति आदि यहाँका लागि बिर्सिन नसक्ने विशेषता हुन् र अर्को एउटा अति दुर्लभ बिशेषता भनेको एउटै स्थानबाट दुवै खुट्टा एकै ठाउँमा राखि सुन्दर हिमालय, तराईका समानान्तर फाँटहरु, पहाडका बस्तीहरु र भारतको गोरखपुरसम्म नाङ्गा आँखाले देख्न सकिन्छ । त्यो क्षणमा साँच्चिकै स्वर्गीय आनन्द प्राप्त हुन्छ । यस्तो ठाउँ विश्वमै अन्त छैन ।

२. दुर्वाशेश्वर गुफा

दुर्वाशेश्वर गुफालाई नेपालका एक दर्जन गुफामध्येको एक मानिन्छ । पाणिनि गाउँपालिका वडा नं.३ खिदिममा रहेको दुर्वाशेश्वर गुफालाई सत्तले गुफाकाे नामले समेत चिनिन्छ ।

गुफामा दुर्वाशा ऋषिले तपश्या गरेको र ज्योर्तिलिङ्ग उत्पन्न भएको बिश्वास गरिन्छ । चट्टानबाट बनेको गाईको थुनजस्ता देखिने आकृतिबाट गाईको दुध जस्तो सेतो पदार्थ देखिने मुख्य बिशेषता रहेको गुफाभित्र ३० फिट अग्लो शिवलिंग, हात्तिको सुँड, सिंहको बासस्थान, स–साना शिवलिंग, नेपालको नक्सा आदि समेत देख्न सकिन्छ । खासगरि यहाँ शिवरात्रीका दिन विशेष मेला लाग्ने गर्दछ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?