क्यान्सर पिडितलाई ४ लाख बढीको आर्थिक सहयोग हस्तान्तरण

गुल्मी । गलकोट समाज यूके र बिरकोट कॉडेबास सामाजिक कल्वद्वारा संकलित आर्थिक क्यान्सर पिडितको उपचारार्थको लागिनगद चेक आइतबार ललितपुरमा हस्तान्तरण गरिएको छ ।

गलकोट नगरपालिका वडा नं. ८ काडेवास विरकोट निवासी क्यान्सर पडिपत नानुमाया दर्लामी मगरलाई नगद सहयोग पिडितलाई नगद चेक हस्तान्तरण गरिएको गलकोट समाज यूकेका सल्लाहकार तेजिन्द्र बहादुर बुढाथोकीले जानकारी दिए।
गल्कोट समाज युकेको पहलमा संकलित रू.२ लाख ६८ हजार ५ सय ९६ रूपैयाँ र बिरकोट कॉडेबास सामाजिक कल्व युकेबाट संकलित १लाख ४३ हजार गरि संकलन भएको एकमुष्ट रू.४ लाख ११हजार ५सय ९६ रुपैया सहयोग रकमम गलकोट समाज युकेका निबर्तमान महासचिव बिष्णु चालिसे र गलकोट समाज युकेका सल्लाहकार तेजिन्द्र बहादुर बुढाथोकीद्वारा पिडितलाई नगद चेक सहयोग हस्तान्तरण गरेका थिए ।

लागि अभियानमा सहभागी भएर आर्थिक संकलनमा गलकोट समाज युके, बिरकोट कॉडेबास सामाजिक कल्व युके, लगायत सम्पूर्ण सहयोगी मनहरूप्रति गलकोट समाज युकेका संरक्षक रेशम बुढाथोकीले धेरै धेरै धन्यवाद दिए । साथै भावी दिनहरूमा यस्तै समाजमा रहेका दिन दुःखी र पिडित बिरामीहरुको सेवामा समर्पित भएर सहयोग गरि रहने जानकारी दिए ।

साथै गलकोट समाज यूकेले वआफ्नो जन्मभूमि विभिन्न क्षेत्र अन्तर्गत शिक्षा, स्वास्थ्य, खेलकुद, आगलागी, बाढी पहिरो लगायतका सामाजिक क्षेत्रमा आर्थिक सहयोग पुर्‍याउदै आइरहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कौरव खत्री
लेखकको बारेमा

कौरव खत्री

खत्री समाचारपाेष्टका गुल्मी संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?