पाण्डवखानी माध्यमिक विद्यालयको हीरक जयन्ती महोत्सवको तयारी तीब्र

बागलुङ । पाण्डवखानी माध्यमिक विद्यालय गलकोट नगरपालिका – १० पाण्डवखानी बागलुङले आफ्नो ६० औँ वर्ष पुरा गरेको अवसरमा मनाउन लागेको हीरक जयन्ती महोत्सवको तैयारी तीब्र पारेको छ ।

विद्यालयले यही मंसिर २९ गतेदेखि पौष ३ गतेसम्म विविध कार्यक्रम सहित हीरक जयन्ती महोत्सव मनाउँदै छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने र प्राविधिक शिक्षा सहित उच्च शिक्षाको जग बसाल्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक नर बहादुर सुनार नविनले जानकारी दिए ।

महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न तयारीका कामहरू धमाधम अगाडि बढिरहेको उनको भनाई छ । पूर्व विद्यार्थीहरू बिच सम्पर्क गर्ने, प्रचारप्रसार सहित अन्य आन्तरिक तयारीका कामहरू तीब्र रुपमा अगाडि बढेको उनको भनाई छ ।

महोत्सवको लक्ष्यलाई पूरा गर्न पूर्व विद्यार्थीहरू र समस्त दाता महानुभावहरूलाई सक्दो आर्थिक दान गर्न आह्वान गर्ने निर्णय गरिएको विद्यालयका संरक्षक निरज पुनले जानकारी दिए ।

मंसिर २९ र ३० गते दुई दिन विद्यालयले विद्यार्थीहरू बिचमा आन्तरिक कार्यक्रमहरू गर्ने, पुष १ गतेदेखि ३ गतेसम्म औपचारिक कार्यक्रम हुने र दानवीरलाई सम्मान गर्ने कार्यक्रम रहने उनले बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कौरव खत्री
लेखकको बारेमा

कौरव खत्री

खत्री समाचारपाेष्टका गुल्मी संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?