सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एक तोलाको भाउ १ लाख २० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । छापावाल सुनको भाउ आइतबार प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि बिहीबार प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड बनेको थियो ।

शुक्रबार ३ सय रुपैयाँ घटेर १ लाख १९ हजार रुपैयाँमा झरेको सुन आइतबार भने एकै दिन १८ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघको भनाइ छ ।

चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । आइतबार प्रतितोला १५४५ रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो मूल्य ५ रुपैयाँ बढी हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?