सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

विवाहको सिजन चलिरहेको बेला सुनको मूल्यमा निरन्तर उछाल आइरहेको छ। नेपाली बजारमा आज सुनको मूल्य फेरि उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजर सुनको मूल्य बढेर १ लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको छ। आइतवारको तुलनामा मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो। आइतवार छापावाला सुनको मूल्य १ लाख २० हजार ८ सय रुपैयाँ कायम भएको थियो।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २१ हजार रुपैयाँ र चाँदीको मूल्य तोलाको १५ सय ४५ रुपैयाँ रहेको महासंघले जनाएको छ।

सुनको मूल्यमा अचाक्ली मूल्यवृद्धि भए पछि विवाह गर्नेहरुको लागत बढ्ने भएको छ। नेपालीहरुले विवाह गर्दा बेहुली, बेहुला, बेहुलाका आफन्तले सुन लगाउने तथा सुन दाईजो दिने परम्परा पनि रहेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?