देउसी भैलोबाट उठेको रकमबाट विपन्न परिवारलाई सहयोग

पाणिनि । अर्घाखाँचीमा देउसी भैलो खेलेर उठेको रकमबाट एक विपन्न परिवारलाई सहयोग गरिएको छ । 

जिल्लाको पाणिनि गाउँपालिकाको वडा नम्बर ३ स्थित स्वर्गीय रामु नेपालीको परिवारलाई सहयोग गरिएको हो । दुर्गाफाँटका युवाहरूले देउसी भैलो खेलेर जम्मा गरेको रकमबाट ११ हजार १ सय ११ रुपैयाँ स्वर्गीय नेपालीकी श्रीमती तुलसा नेपालीलाई प्रदान गरेको हो । केही समय पहिला दुर्घटनामा परि ढाड भाँचिएर थाला परेका रामु नेपालीको केही दिन अघि निधन भएको थियो । उनको निधन पश्चात उनीहरूको आर्थिक अवस्था कमजोर रहेको र बालबालिकाको अध्ययनमा सहज होस भन्ने उद्देश्यले रकम सहयोग गरिएको इश्वरी  पोखरेलले जानकारी दिए । 

स्वर्गीय नेपालीका १ छोरा १ छोरी र श्रीमती रहेका छन् । उनका छोराछोरीले स्थानीय दुर्वाशेश्वर माध्यमिक विद्यालयमा पढ्दै आएका छन् ।

रकम हस्तान्तरण कार्यक्रममा भैलो समुहका ईश्वरी पोखरेल, किरण अधिकारी, पत्रकार घनश्याम भट्टराई, मिलन गाह, बालकृष्ण नेपाली, कुमार गाह लगायतको उपस्थिति रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
घनश्याम भट्टराई
लेखकको बारेमा

घनश्याम भट्टराई

भट्टराई समाचारपोष्ट डटकमका मल्टिमिडिया प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?