एनसेलको शेयर खरिदबिक्री रोक्न उच्चको आदेश

काठमाडौँ । उच्च अदालत पाटनले विवादित एनसेलको सेयर खरिदबिक्री रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले खरिदबिक्री भएका एनसेलका सेयरहरु मंसिर २५ गतेसम्म दर्ता किताबमा दर्ता नगर्नु/नगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो।

एनसेल प्रकरणमा अदालतले रिट निवेदक र विपक्षी दुवै पक्षलाई मंसिर २५ गते नै छलफलमा बोलाएको छ।

उक्त शेयर खरिदबिक्रीसम्बन्धी काम विद्यमान कानून बमोजिम भए/नभएको निर्क्यौल गर्नुपर्ने भन्दै अदालतले तत्काल सो कारोबार अघि नबढाउन सरकारी निकायलाई आदेश दिएको हो।

गोकुलबहादुर रोकायको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यससम्बन्धी सरकारी निर्णय र दायर अन्य रिटलाई पनि लगाउमा राख्न आदेश दिएको छ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस घटनाको छानबिन गर्न समिति गठन गरेको छ भने संसदीय समितिले यो काम रोक्न सरकारलाई निर्देशन दिइसकेको छ।

मलेसियन कम्पनी आजियटाले एनसेलको सेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनीलाई ६६ अर्ब रुपैयाँमा बिक्री गरे पनि ६ अर्ब मात्र देखाउन खोजिएको तथ्यसमेत सार्वजनिक भएको छ ।

आजियटाले सन् २०१६ एक खर्ब ४३ करोड रुपैयाँमा खरिद गरेको कम्पनी अहिले करिब साढे ३ प्रतिशत मूल्य अर्थात् ६ अर्ब ६० करोड रुपैयाँमा बिक्री गरेको दाबी गरेको छ ।

एनसेलले सरकारलाई ५७ अर्ब ९० करोड पुँजिगत लाभकर र २० अर्ब नविकरण दस्तुत तिर्नुपर्ने दायित्व छ। ठूला करदाता कार्यालयले निर्धारण गरेको पुँजीगत लाभकरका सम्बन्धमा परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?