सासूले गरिदिइन् बुहारीको विवाह

विराटनगर । सुनसरीको इटहरीमा सासु र जेठाजुले बुहारीको पुन: विवाह गरिदिएका छन् ।

इटहरी उपमहानगरपालिका-२ की जानुका पौडेल र छोरा पुण्य पौडेलले कान्छी बुहारी ३४ वर्षीया सुजा पौडेलको धार्मिक परम्पराअनुसार बिहीबार विवाह गरिदिएका हुनु ।

२०६९ सालमा जानुकाकी कान्छो छोरा फणीन्द्रसँग झापाको बैगुन्धुराकी सुजाको मागी विवाह भएको थियो । फणीन्द्रको २०७१ सालमा मृत्यु भएको थियो । छोराको मृत्यु भएको ९ वर्षपछि परिवारले बुहारीलाई सुनसरी डुम्राहाका रमेश रेग्मीसँग विवाह गरिदिएका हुन् ।

कान्छी बुहारीको रुपमा भित्र्याएकी सुजालाई छोरीको रुपमा विवाह गराइदिएको जानुकाले बताइन् । बुहारीको माइती पक्षसँग पनि छलफल गरेर विवाह गरिदिएका जेठाजु पुण्यले बताए ।

बेहुला रमेश रेग्मीको पहिलो श्रीमतीको दुई वर्ष पहिले मृत्यु भएको थियो । उनका एक छोरा र एक छोरी छन् । बेहुली सुजाकी पनि एक छोरी छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
Online khabar
लेखकको बारेमा

Online khabar

Onlinekhabar देशकाे चर्चित अनलाइन मिडिया हाे ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?