रुकुम पश्चिमको आठबीसकोटमा ट्र्याक्टर दुर्घटना, पाँचजनाको मृत्यु

सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ट्र्याक्टर दुर्घटना पाँचजनाको मृत्यु भएको छ ।

गएराति १० बजेतिर भएको दुर्घटनामा आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया लुकी शाहीको मृत्यु भएको हो। सोही वडाको डाँडा भन्ने स्थानका ५२ वर्षीय भर्दर सार्की तथा सार्कीडाँडाका ४८ वर्षीय धनराम सार्की  र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको छ।

रुकुम पश्चिम आठबीसकोट नगरपालिका–१० पिरिकोटबाटवडा नम्बर ८ स्थित घर्तीगाउँ जाँदै गरेको भूकम्पपीडितको जस्ता पाता बोकेको रा १ त १४ नम्बरको ट्र्याक्टर घुम्तीमा मोड्न खोज्दा दुर्घटना भएको आठबीसकोट इलाका प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा ९ जना घाइते भएका छन् । आठबीसकोट–८ का १४ वर्षीय दलबहादुर पुन, ३४ वर्षीया रमा गुरुङ, ३६ वर्षीय जयबहादुर घर्ती, ४१ वर्षीय खडकबहादुर पुन, ४२ वर्षीय मदन पुन, ५१ वर्षीय जगवीर सार्की, ५६ वर्षीय कुमार घर्ती र ५८ वर्षीय मने सार्की घाइते भएका हुन्। यस्तै वडा नम्बर १० का ३८ वर्षीय रमेश सार्की पनि घाइते भएका छन्।

नगर अस्पतालमा घाइतेको उपचार भइरहेको प्रहरीले बताएको छ। दुर्घटनापछि ट्याक्टरका चालक आठबीसकोट ९ का २१ वर्षीय गोपाल विक फरार रहेको प्रहरीले जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?