back to top
IPL 2025
IPL 2024
१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार
IPL 2025
spot_img

कालीकोटका आठ पालिकामा पुग्यो बिजुली

spot_img

मान्म । कालीकोटका नौ स्थानीय तहमध्ये आठवटामा बिजुली पुगेको छ। अब पलाँता गाउँपालिकामा मात्र बिजुली पुग्न बाँकी छ।

नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले जिल्लाका आठ स्थानीय तहमा विद्युत्को पहुँच विस्तार भएको जानकारी दिए।

रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, नरहरिनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकामा  विद्युतको पहुँच पुगेको छ। आठवटै पालिकाको केन्द्रसम्म बिजुली पुगेको भए पनि सबै वडामा पुर्‍याउन बाँकी नै छ।

आठवटै स्थानीय तहका वडा वडामा विद्युत्को प्रसारण लाइन जोड्ने काम भइरहेको प्रमुख साहले जानकारी दिए। ‘गाउँगाउँमा अहिले बिजुलीका खम्बा गाड्ने काम भइरहेको छ’, उनले भने, ‘अब चाँडै पलाँतामा पनि बिजुली पुर्‍याउँछौँ।’

पलाँता गाउँपालिकाको केन्द्रसम्म चालु आर्थिक वर्षभित्रै विद्युतकोपहुँच विस्तार गर्ने गरी काम भइरहेको प्रमुख साहले बताए । ‘अहिले त्यहाँ बिजुली पुर्‍याउन खम्बा गाड्ने काम भइरहेको छ’ उनले भने ।

जिल्लामा २६ हजार सात सय ७९ घरधुरीमध्ये हालसम्म चार हजार ५०० घरमा विद्युत् मिटर जडान गरिएको प्रमुख साहले जानकारी दिए। ‘विद्युत् पुगेको क्षेत्रमा घरधुरीको अनुपातमा कमैलै मात्र मिटर जडान गरेका छन्’, उनले भने।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?