हिमालयन लाइफ इन्स्योरेन्स अर्घाखाँचीका बिक्रम सुनार बने MDRT २०२४ का बिजेता

अर्घाखाँची । हिमालयन लाइफ इन्स्योरेन्स अर्घाखाँचीद्वार MDRT २०२४ को उपाधी प्राप्त गर्न सफल बिक्रम सुनारलाई भव्य रुपमा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

विश्वका भरका ८० वटा भन्दा बढी देश र ८ सय भन्दा माथी जीवन बिमा कम्पनीहरुमा कार्यरत व्यवसायीक अभिकर्ताहरुको छाता संगठन MDRT २०२४ को उपाधी अर्घाखाँचीका बिक्रम सुनारले हात पार्न सफल भएका छन ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा न २ मा सुनचाँदी व्यवसाय संचालन गर्दै आएका सुनार आफ्नो व्यवसायीक हिसाबले पनि अत्यन्तै सफल रुपमा परिचित छ्न ।

बि. स २०७९ सालको प्रारम्भ देखि साबिक युनियन र हालको हिमालयन लाइफ इन्स्योरेन्समा जीवन बिमा अभिकर्ताको रुपमा आफ्नो बिमा यात्रा सुरु गरेका सुनार सुरुवातीकै चरण देखि प्रत्येक महिना अर्घाखाँची शाखाको उत्कृष्ट अभिकर्ताको रुपमा आफ्नो बर्चस्व कायम गर्दै आएको बुझिएको छ ।

प्रत्येक महिनाको व्यवसायीक सफलता संगै उनी हिमालयन लाइफ इन्स्योरेन्सको आन्तरिक उपाधी Emerging Star संगै लुम्बिनी प्रदेशकै प्रथम Provincial Emerging star को समेत उपाधी प्राप्त गरेको बुझीएको छ ।

हिमालयन लाइफ इन्स्योरेन्स अर्घाखाँची शाखाले अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अन्तिम दिन MDRT ( million dollar round table) उत्सव कार्यक्रम सन्धिखर्कमा आयोजना गरि दर्जनै सहभागीको बिचमा उक्त उपाधिको उत्सब मनाएको छ ।

प्रत्येक वर्षको जनवरी देखि डिसेम्बर सम्म लागू हुने यो MDRT स्किममा यो वर्ष रु ४१,७५०००/ प्रथम बिमा शुल्कमा उक्त उपाधी प्राप्त हुने थियो भने उनले छोटो समयमै रु ४५ लाख बराबरको बिमा शुल्क संकलन गरि उक्त उपाधि प्राप्त गरेको शाखाले जनाएको छ ।

अर्घाखाँची शाखाको आयोजनामा आयोजित संमान तथा उत्सव कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स अर्घाखाँची AM बाबुराम पौडेल , MDRT राम प्रसाद अधिकारी, AM चिरञ्जीवी सुनार, कृष्ण भुसाल, नारायण पान्डे लगायतको आतिथ्यता, कम्पनी प्रदेश उपप्रमुख जुना कुवरको विशिष्ट आतिथ्यता, प्रदेश प्रमुख बुद्ध सुर्यवशीको प्रमुख आतिथ्यता अर्घाखाँची शाखा प्रमुख दिनेश सुनारको अध्यक्ष रहेको थियो भने शाखा कर्मचारी चन्द्र सारुको स्वागत मन्तव्य र रामकृष्ण बिकको संचालन रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?