back to top
IPL 2025
IPL 2024
१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार
IPL 2025
spot_img

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनी प्रदेशमा २ सिटका लागि ७ जनाको उम्मेद्वारी

spot_img

बुटवल । राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २ सिटका लागि ७ जनाको उम्मेद्वारी दर्ता भएको छ ।

निर्वाचन आयोगका अनुसार लुम्बिनी प्रदेशबाट ३ जना महिला र अन्यमा ४ जनासहित ७ जनाको उम्मेदवारी परेको हो । महिलामा एमालेकी तुलसा कुमारी, नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटा र राप्रपाकी विजयलक्ष्मी सिंहले उम्मेदवारी दर्ता गराएका छन् । केसी दाङ, सापकोटा गुल्मी र सिंह कपिलवस्तु जिल्लाका हुन् ।

अर्को एक सिटका लागि जनमत पार्टीका बालगोविन्द चौधरी, एमालेका झपेन्द्र बहादुर जिसी, राप्रपाका निरञ्जन थापा र माओवादीका झक्कुप्रसाद सुवेदीको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ता गराउने जनमतका चौधरी नवलपरासीका हुन् भने जिसी पाल्पा, थापा रूपन्देही र सुवेदी रोल्पाका हुन् । 

माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सात वटै प्रदेशबाट १९ वटा सिटको लागि ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको हो। 

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?