कपिलवस्तु । कपिलवस्तु कपिलवस्तु नगरपालिका वडा नं. १ तौलिहवा स्थित आर्या बचत तथा ऋण सहकारी संस्थाको १५ साधारण सभा तथा पाँचौ अधिवेशनबाट अध्यक्षमा पुनः तेश्रो कार्यकालका लागि युवा नेता प्रकाश घिमिरे निर्विरोध निर्वाचित भएका छन । घिमिरेको अध्यक्षतामा १३ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक प्रवीण श्रीवास्तवले बताए ।
समितिको उपाध्यक्षमा युवा नेता अनुप कुमार पाण्डेय, सचिवमा कृष्णमोहन शुक्ला, कोषाध्यक्षमा मुकेश कुमार श्रीवास्तव रहेका छन । त्यस्तैगरी सदस्यहरुमा निशा श्रीवास्तव, सिता गिरी, सुरेश गुप्ता, बृजेश भटरा, सन्तोष मल्लाह, गणेश श्रीवास्तव अनिल क्षेत्री रहेका छन । संस्थाको लेखा समिति संयोजकमा अनिरुद्ध प्रसाद तिवारी र सदस्यमा त्रिविक्रम जोशी, सन्दिप दुबे रहेका छन । यस्तै, ऋण समितिको संयोजकमा सहिद मुसलमान र सदस्यमा धिरेन्द्रराज उपाध्याय, राकेश पाण्डेय रहेका छन ।
तेश्रो कार्यकालका लागि निर्वाचित घिमिरेले आफूले सहकारीको संस्थागत र भौतिक विकासमा सक्दो कोसिस गरी र आफ्नो तनमनले यस ऋण सहकारी संस्थालाई अगाडि लैजाने बताए ।