पाणिनि : मैदान जम्बाेट स्थित मालिका भगवती मन्दिरको शिलान्यास

अर्घाखाँची । पाणिनि गाउँपालिका ५ मैदान जम्बाेट स्थित मालिका भगवती मन्दिरको शिलान्यास गरिएको छ ।

उक्त मन्दिरको जिल्ला समन्वय समितिका सभापति जिव नारायण कोइरालाले गरेका हुन् । मन्दिरको लागि पाणिनि गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयबाट बिनियोजित रकम र स्थानीयबाट संकलित रकमबाट मन्दिर निर्माण हुन लागेको हो । १०० वर्षको इतिहास बोकेको मन्दिर जीर्ण अवस्थामा रहेको हुँदा संरक्षण गर्न लागिएको हो ।

मन्दिरको शिलान्यास गर्दै समन्वय प्रमुख कोइरालाले उक्त मन्दिर निर्माण तथा व्यवस्थापनका लागि आफूले पनि पहल गर्ने बताए । उने धार्मिक आस्थासँग जोडिएको सम्पदा संरक्षण सबैको दायित्व रहेको भन्दै निर्माण कार्यमा हातेमालो गर्न अनुरोध समेत गरेका छन् । 

कार्यक्रममा वडा अध्यक्ष इन्द्रमणि घिमिरे, भूमि आयोग अर्घाखाँचीका अध्यक्ष यादव प्रसाद घिमिरे, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर घिमिरे, नेपाली कांग्रेस पाणिनि ५ मैदानका वडा सभापति गणेश प्रसाद घिमिरे, सांस्कृतिक अभियन्ता लेख बहादुर टण्डन, वडा सदस्य पार्वता सुनार लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर घिमिरेको अध्यक्षता र छविलाल भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
घनश्याम भट्टराई
लेखकको बारेमा

घनश्याम भट्टराई

भट्टराई समाचारपोष्ट डटकमका मल्टिमिडिया प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?