अर्घाखाँची । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थाथी कमिटी सदस्य तथा सगठन बिभाग प्रमुख सन्तोष बुढा मगर बिषमले दलाल ससदवादी व्यवस्था रहेसम्म देशमा शान्ति सुशासन कायम नहुने बताएका छन ।
नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको राज्य षड्यन्त्र, वर्तमान राजनैतिक संकट र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपाका स्थायी समिति सदस्य विषमले देशमा जनताको विकल्पमा बैज्ञानिक समाजबादी व्यवस्था अहिलेको प्रमुख आबश्यकता रहेको बताएका छन् ।
नेता विषमले समाजबाद विना समाजको विकास नहुने बताउदै राजनीतिक दलहरू समाजबाद हुदै साम्यवाद सम्म पुग्ने प्रमुख लक्ष्य रहेता पनि जनवाद र पुजीवाद दुईवटा बिषयलाई छुट्टाउन नसक्दा कम्युनिस्ट आन्दोलन अग्रमनको दिसामा जान नसकेले कहिलेकाही क्रान्तिकारीले बल प्रयोगको सिद्धान्तलाई आत्मसाथ गर्ने बताए । उनले क्रान्तिकारी शक्ति माथि जहिले पनि हिसाको आरोप साम्राज्यबादी र दक्षिणपन्थी लगाउने गरेको बताउदै कम्युनिस्टहरू निरासबादी मात्र नभएर आशावादी पनि भएको बताए ।
कम्युनिस्टमा समस्याको समाधानको उपाय भएको बताउदै नेकपा माथि जनताको आशा अपेक्षा पनि रहेकोले पटकपटक आफुहरुसंग सरकारले गरेको ३ बुद्धे सम्झौता पुर्ण रुपमा पालना गरी नेकपालाई समन्वय सहकार्यको बातारण तय गर्न आग्रह गरे । जनताका जनताविरोधी आन्दोलनमा नेकपाले जुनसुकै राजनितिक दलसग मोर्चा बताउने बताउदै कम्युनिस्टलाई एकीकृत गरी नेपालमा कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न समाजबादी मोर्चाको रणनिति तय गरेकोले समाजबादी मोर्चामा जोडिन हरेक राजनितिक दललाई आग्रह गरे ।
एक फरक प्रसंगमा नेता विषमले माओबादी आन्दोलन रक्षात्मक सिमित गतिमा अगाडि बढेकोले माओबादीले अब आफ्नो गतिलाई नविकरण गनुपर्ने बताउदै माओबादीलाई विभाजनको दिशामा लैजानको लागि १२ बुद्धे राजनितिक सहमति प्रमुख रहेको बताए ।
कार्यक्रममा वर्तमान नेपालको अवस्था, राष्ट्रिय स्वाधिनता, गणतन्त्र, लोकतन्त्र, राज्यप्रशासन, महँगी, कालाबजारी, भ्रष्टाचार, बेरोजगारी, राजनीतिक दलहरुको सत्तालिप्सा, दलाल पुजिवादी राज्यसत्ता, साम्राज्यवादी र प्रतिगमनकारीहरुको आक्रमण साथै सम्पूर्ण नेपाली जनताहरुको आधारभुत आवश्यक्ताको संश्लेषण, नेपालको भौतिक विकासको प्रगतिहरु लगायतका परिवेशहरु समावेश गरि नेकपाको सैद्धान्तिक मान्यता, वर्तमान परिस्थिति र राजनैतिक संकट, षडयन्त्रको रहस्य, राज्यलाई नेकपाको सुझाव, समाधानको बाटो र निष्कर्षको विषय उल्लेख गरिएको उक्त अवधारणा पत्रमा सहभागीहरुले सुझाब पेश गरेका थिए अबधारणा पत्र नेकपाका पोलिटव्युरो सदस्य सन्जिभ सीले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासघका अध्यक्ष अशोक खनाल, नेकपा मशाल नेता राजेन्द्र नेपाली, बार एसोसिसनका अध्यक्ष केवि भुसाल, नेसपाका प्रदेश सदस्य पुष्करनाथ आचार्य, नेकपा मसालका प्रवक्ता पशुपति ढकाल, एकिकृत समाजबादीका अध्यक्ष राम ब. चौहान, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य छमकुमारी खनाल चिनारी, एमाले सचिव नेपाली कांग्रेसका सचिब कृष्ण खनाल लगायतका बक्ताले मन्तब्य राख्दै नेकपा सग सरकारले गरेको ३ बुद्धे सहमति पूर्ण पालना गराउनको लागि आफ्नो ठाउबाट दबाब सिर्जना गर्ने बताएका थिए ।
कार्यक्रम नेकपा जिल्ला ईन्चार्ज माहुरी सीको अध्यक्षता दक्षिण सेक्रेटरी मिसन सी को स्वागत मन्तब्य उत्तर सेक्रेटरी सागर सी को सञ्चालनमा सम्पन्न कार्यक्रममा नेकपा नेता कार्यकर्ता सरोकारवाला निकायको सहभागिता रहेको थियो ।













