आज विश्व क्यान्सर दिवस

काठमाडौं । विश्व क्यान्सर दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाँइदैछ।

हरेक वर्ष फ्रेवुअरी ४ तारिखमा यो दिवस मनाउने गरिन्छ। यस वर्ष ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नारा तय गरिएको छ। जीवनशैली र खानपिनमा आएको परिवर्तन, धूमपान, मद्यपान, मोटोपनालगायतका कारण नेपालमा क्यान्सर रोगका बिरामी अत्यधिक बढ्न थालेका छन्।

नेपालमा बर्सेनि क्यान्सरका २० देखि ३० हजार नयाँ रोगी थपिने गरेको छ। तीमध्ये १२ देखि १८ हजारको मृत्यु सोही वर्ष हुने गरेको छ। नेपालमा प्रत्येक दिन ४० जना नेपालीको क्यान्सर रोगका कारण मृत्यु हुने गरेको छ।

क्यान्सरकोे कारकका रूपमा धूमपान र परिवर्तन जीवनशैली प्रमुख रहेको चिकित्सकहरुको भनाइ छ। विश्वमा सबैभन्दा बढि लाग्ने स्तन क्यान्सर रहेको छ। त्यसपछि फोक्सोको क्यान्सर रहेको छ। तर नेपालमा फोक्सो क्यान्सर पहिलो नम्बरमा छ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा सबभन्दा धेरै फोक्सोको क्यान्सरको समस्या देखिने गरेको छ। त्यसबाहेक पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर, ठूलो आन्द्राको, मुखको क्यान्सर र रगतको क्यान्सर बढी देखिएका छन्।

मध्यपान तथा सुर्तीजन्य पदार्थको प्रयोग नै क्यान्सर रोगको प्रमुख कारण रहेको छ। क्यान्सर नसर्ने रोग हो। क्यान्सरबाट बच्न सुर्तीजन्य पदार्थको सेवन नगर्ने, शारिरिक ब्यायम नियमित गर्ने र खानपानमा ध्यान दिनुपर्ने चिकित्सको सुझाव छ।

क्यान्सर लाग्न नदिन कम्तीमा वर्षको एक पटक स्वास्थ्य परिक्षण गर्न अनुरोध गरिएको छ। क्यान्सर लागिहाले पनि बेलैमा पत्ता लगाउन सके निको हुन्छ। नेपालमा ७० प्रतिशत बिरामी क्यान्सरको तेस्रो चरणमा मात्रै अस्पताल आउने गरेको क्यान्सर रोग विषेशज्ञ डा.राजेन्द्रप्रसाद बरालले बताए।

पछिल्लो समय क्यान्सर रोग विरुद्ध विभिन्न उपचार पद्दती र औषधिको विकास भइरहेका छन्। तर उपचार महंगो हुने भएकोले धेरैले उपाचार गर्न नसकेरै ज्यान गुमाउनु परेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?