रुस – युक्रेन युद्धको विरोधमा शान्ति समाजले गर्‍यो बुटवलमा प्रदर्शन

 मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा प्रदर्शन गरेको छ । बुटवलको पुष्पलाल पार्कमा आइतवार भएको प्रदर्शनमा शान्तिवादीहरूले युद्धको विरोधमा विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए ।

यस्तै, समाजले प्रदर्शन गर्दै इजरायललाई तत्काल युद्धविराम गरी मानवताविरुद्धको अपराध बन्द गर्न र हमासलाई आतंक बन्द गरी विपिन जोशीलगायत बन्धक बनाइएका सबैलाई रिहा गर्न माग गरेको छ । प्रदर्शनमा युक्रेनमाथि रुसको आक्रमण मानवता विरुद्धको अपराध हो, रुसः तत्काल युद्ध रोक, रुसः मानवता विरुद्धको अपराध बन्द गर, युक्रेनी जनताको जीवन रक्षा गर, युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षा गर, रुसः तत्काल सैनिक फिर्ता गरी युद्ध रोक, इजरायलः तत्काल युद्धविराम गर, हमासः आतंक बन्द गर लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा शान्ति समाजका निवर्तमान केन्द्रीय सभापति गोविन्द खनालले कुनै पनि देशमा युद्ध हुनु मानव सभ्यताका लागि गम्भीर चुनौती रहेको बताएका थिए ।

समाजका रुपन्देही अध्यक्ष कृष्णप्रसाद भट्टराईले युद्धले नागरिकलाई गम्भीर असर पुर्‍याउने भएकाले शान्तिको बाटो अवलम्बन गर्नुपर्ने बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?