२९ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

अर्घाखाँची । नेकपा माओवादी केन्द्र भूमिकास्थान नगरपालिकाले २९ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

पार्टीका प्रदेश सचिवालय सदस्य तथा नगर इन्चार्ज ठाकुर सौराग आदर्शको प्रमुख आतिथ्यमामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा मन्तव्य राख्दै सौरागले माओवादीले २०५२ साल फागुन १ गते जुन नारा र मुद्दा सहित बन्दुक बोकेर सशस्त्र युद्धको सुरुवात गर्यो शान्ति प्रकृयापछि नेता कार्यकर्तामा गाउँ देखि केन्द्रसम्म देखिएको महत्वकांक्षाले समाजवाद यात्रा तय गर्न असजिलो भएको बताए । उनले परिवर्तनको एजेन्डा माओवादी उठाउने, परिवर्तन ल्याउने माओवादी  तर माओवादीलाई तथानाम गाली गरेर जनतामा माओवादीलाई  निरास बनाएर परिवर्तन उल्टाउन विदेशी शक्ति लागि परेको बताउँदै माओवादी एक हुनुपर्ने बताए । 

कार्यक्रममा प्रदेश सल्लाहकार तथा नगर उपप्रमुख बालकृष्ण बन्जाडे सल्लाहकार शालिकराम खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा भूमिकास्थान नगरपालिका उपाध्यक्ष बाबुराम खनाल, खेलकुद विकास समितिका कोषाध्यक्ष प्रेम आले लगायतको आतिथ्यता रहेको थियो कार्यक्रममा नगर उपाध्यक्ष सुन्दर शाहको अध्यक्षता सहसचिव कुलराज बन्जाडेको सञ्चालनमा सम्पन्न भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनिल नेपाली
लेखकको बारेमा

अनिल नेपाली

नेपाली समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?