back to top
IPL 2025
IPL 2024
११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार
IPL 2025
spot_img

युवा संगठन नेपाल पूर्वी प्युठानको तेस्रो जिल्ला सम्मेलन सम्पन्न

spot_img

युवा संगठन नेपाल पूर्वी प्युठानको तेस्रो जिल्ला सम्मेलन बिजुवारमा सम्पन्न भएको छ । 

कार्यक्रम नेकपा केन्द्रीय सदस्य तथा प्यूठान इन्चार्ज जागृति सी प्रमुख आतिथ्यमामा सम्पन्न भएको थियो । कार्यक्रममा मन्तव्य राख्दै वर्तमान व्यवस्था रहेसम्म देशले निकास नपाउने हुँदा युवाहरू वैज्ञानिक सत्ता र व्यवस्थाका लागि संघर्ष गर्नुपर्ने बताउँदै युवाहरू परिवर्तनका संवाहक भएकोले अब युवाहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए । 

कार्यक्रममा केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा युवा संगठन नेपालका केन्द्रीय सचिव विश्लेषण सी , केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा प्युठानका पूर्व इन्चार्ज सूर्यप्रकाश सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा पूर्वी प्युठानका सेक्रेटरी मुस्कान सी, सहिद परिवार तथा जिल्ला सल्लाहकार मोहन सी, नेकपा प्युठानका पूर्व जनसरकार प्रमुख तथा माण्डवी गाउपालिका वडा नं. १ का वडा अध्यक्ष बाम बहादुर बूढा लगायतले बधाई तथा सम्मेलन सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

सम्मेलनले रणवीर सी काे अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा देवा सी, सचिव महेश सी, सहसचिवमा सुनिता सी र कोषाध्यक्ष बुद्ध सी लगायत रहेका छन् । कार्यक्रमका अध्यक्षता सङ्गठनका केन्द्रीय सदस्य तथा प्यूठान इन्चार्ज बिरवल सी र सञ्चालन सङ्गठनका जिल्ला संयोजक मुक्ति सी ले गरेका थिए ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?