युवा संगठन नेपाल पूर्वी प्युठानको तेस्रो जिल्ला सम्मेलन सम्पन्न

युवा संगठन नेपाल पूर्वी प्युठानको तेस्रो जिल्ला सम्मेलन बिजुवारमा सम्पन्न भएको छ । 

कार्यक्रम नेकपा केन्द्रीय सदस्य तथा प्यूठान इन्चार्ज जागृति सी प्रमुख आतिथ्यमामा सम्पन्न भएको थियो । कार्यक्रममा मन्तव्य राख्दै वर्तमान व्यवस्था रहेसम्म देशले निकास नपाउने हुँदा युवाहरू वैज्ञानिक सत्ता र व्यवस्थाका लागि संघर्ष गर्नुपर्ने बताउँदै युवाहरू परिवर्तनका संवाहक भएकोले अब युवाहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए । 

कार्यक्रममा केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा युवा संगठन नेपालका केन्द्रीय सचिव विश्लेषण सी , केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा प्युठानका पूर्व इन्चार्ज सूर्यप्रकाश सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा पूर्वी प्युठानका सेक्रेटरी मुस्कान सी, सहिद परिवार तथा जिल्ला सल्लाहकार मोहन सी, नेकपा प्युठानका पूर्व जनसरकार प्रमुख तथा माण्डवी गाउपालिका वडा नं. १ का वडा अध्यक्ष बाम बहादुर बूढा लगायतले बधाई तथा सम्मेलन सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

सम्मेलनले रणवीर सी काे अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा देवा सी, सचिव महेश सी, सहसचिवमा सुनिता सी र कोषाध्यक्ष बुद्ध सी लगायत रहेका छन् । कार्यक्रमका अध्यक्षता सङ्गठनका केन्द्रीय सदस्य तथा प्यूठान इन्चार्ज बिरवल सी र सञ्चालन सङ्गठनका जिल्ला संयोजक मुक्ति सी ले गरेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनिल नेपाली
लेखकको बारेमा

अनिल नेपाली

नेपाली समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?