एम्बुलेन्स र तेल बाेक्ने ट्याङ्करमा गाँजा तस्करी

विराटनगर । एम्बुलेन्सबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले गाँजा बरामद गरेको छ ।

नेपाल प्रहरीले धनकुटाको भेडेटार र सशस्त्र प्रहरीले सुनसरीको चतराबाट गाँजा लोड गरेको एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।

बिरामी बोक्ने एम्बुलेन्सको सडकमा चेकजाँच कम हुन्छ । धनकुटाबाट गाँजा तस्करले एम्बुलेन्स प्रयोग गरेका गाँजा ल्याएका हुन् ।

दुई जिल्लाबाट ३२५ किलो गाँजासहित दुई वटा एम्बुलेन्स नियन्त्रणमा लिएको हो । केही दिनअघि गाँजा तस्करीमा प्रयोग भएको ट्याङ्कर प्रहरीले नियन्त्रणमा लिएको थियो ।

आइतबार सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतरा–धरान सडकखण्डअन्तर्गत बगुवादेखि सूर्यकुण्ड जाने भित्री सडकबाट २७३ किलो  गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।

९ वटा बोरामा प्याक गरी एम्बुलेन्समा लोड गरेर राखेको अवस्थामा गाँजा बरामद भएको जानकारी सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले दिए ।

सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प चतराबाट खटिएको टोलीले  को१च २९३७ नम्बरको एम्बुलेन्समा गाँजा बरामद गरेको थियो । चालक भने फरार छन् । सशस्त्रले बरामद गाँजासहित एम्बुलेन्सलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

यस्तै, एम्बुलेन्समै धनकुटाबाट धरानतर्फ ल्याउँदै गरिएको ५२ किलोग्राम गाँजा नेपाल प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट बरामद गरेको हो ।

शनिबार धनकुटाबाट धरानतर्फ आउँदै गरेको मे१च २०३२ नम्बर एम्बुलेन्समा ५२ किलो गाँजा बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । एम्बुलेन्स चालक विराटनगर महानगरपालिका–८ का ४८ वर्षीय जयदेव चेललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पूर्व पहाडी जिल्ला धनकुटामा व्यावसायीक रुपमा गाँजा खेती हुन्छ । धनकुटासँगै उदयपुर, भोजपुर, खोटाङ र सङ्खुवासभा पनि गाँजा खेती हुन्छ ।

उत्पादित गाँजा मोटरसाइकल,एम्बुलेन्स, तेल बोक्ने ट्याक्टर, तरकारी बोक्ने गाडीलगायत साधन प्रयोग गरेर सुनसरी मोरङ हुँदै तस्करी हुने गरेको छ । प्रहरीका अनुसार सप्तकोशी नदीको ट्युबमा हालेर पनि गाँजा तस्करी हुने गरेको छ ।

प्रहरीले  गत २ फागुनमा धनकुटाको भेडेटारबाट डिजेल तथा पेट्रोल ढुवानी गर्ने ट्याङ्करमा लोड गरेको ५९४ किलो गाँजा बरामद गरेको थियो ।

विराटनगरबाट पेट्रोलियम पदार्थ बोकेर सप्तरी गएको  को१ख ७३२२ नम्बरको ट्याङ्कर सप्तरीमा इन्धन  खन्याएर गाँजा लिन  धनकुटा पुगेको थियो ।

धनकुटाबाट गाँजा लिएर विराटनगर आउँदै गर्दा भेडेटारबाट प्रहरीले चालक- सहचालकसहित ट्याङ्कर नियन्त्रणमा लिएको थियो ।

गत २३  पुसमा ३०० किलो गाँजासहित  को२त ६८९० नम्बरको ट्याक्टरमा नियन्त्रणमा लिएको थियो ।

ट्याक्टरमा लोड गरिएको गाँजा भोजपुरबाट सप्तकोशी नदी हुँदै कोशी गाउँपालिका ६ कोशी कटान भन्ने स्थानमा ल्याएर ट्याक्टरमा लोडगर्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

१ फागुनमा पनि सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित कोशी किनारमा लुकाएको अवस्थामा १३ थान बोरामा ४०६ किलो ९४० ग्राम गाँजा बरामद भएको थियो ।  सो गाँजा पनि ट्युबमा राखेर कोशी नदी हुँदै ल्याइएको देखिएको प्रहरीको दाबी छ ।

गत असोजयता सुनसरीबाट मात्रै प्रहरीले १६९८ किलो ३४६ ग्राम गाँजा  र ओसारपसारमा संलग्न  ६० जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका ६० जनामध्ये २१ जना भारतीय हुन् ।

पहाडी जिल्लामा पाँच देखि सात हजार रुपैयाँमा खरिद भएको गाँजा भारत पुग्दा प्रतिकिलो १५ हजार माथि कारोबार हुन्छ ।

धरान धनकुटाबाट गाँजा भारत पुर्‍याउँदा भरियाले प्रति किलो एक हजारदेखि एक हजार पाँच सयसम्म पाउँछन् । ‘धरानबाट सामान हिडेको  जानकारी पछि रिसिभ गर्न बोर्डरमा मान्छे रेडि भएर बसेको हुन्छ,’ प्रहरी स्रोत भन्छ, ‘यस्तो काम राति बढी हुन्छ, जोखिम भए वा प्रहरी देखे तस्कर सामान छाडेर भाग्छन् ।’

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
Online khabar
लेखकको बारेमा

Online khabar

Onlinekhabar देशकाे चर्चित अनलाइन मिडिया हाे ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?