सहिद कृष्ण सेन “इच्छुक” लगायतले देखाएको सपना पूरा हुदैछ : राज्यमन्त्री श्रीपाली

अर्घाखाँची । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपालीले सहिद कृष्ण सेन “इच्छुक” लगायतले देखाएको सपना पूरा हुने दिशामा रहेको बताईन ।

जिल्लाकाे सितगगा नगरपालिका वडा नं. ८ मा बुधबार सहिद कृष्णसेन ईच्छुकको पार्क शिलान्यास गर्दै मन्त्री श्रीपालीले यस्तो बताएकी हुन् । मन्त्री श्रीपालीले सहिद सेनको वैचारिक र सांस्कृतिक व्यक्तित्वको कारण संकटको बेलामा सँधै शिर उँचो राख्नको लागि प्रेरणा मिलिरहने स्मरण गर्दै सहिद कृष्ण सेन ईच्छुक पद, प्रतिष्ठा, मौकाको पछाडि कहिल्यै नलागी तत्कालीन सरकार पक्षको चरम यातनाबाट मुत्युबरण गर्नुपरेको बताईन् ।

मन्त्री श्रीपालीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयन मार्फत देशलाई समृद्ध र समुन्नत बनाउन सहिदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने विश्वास व्यक्त गर्दै सहिदको बलिदानीका कारण देशमा परिवर्तन भएको बताईन ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य मिना बुढा मगरले सहिदको सपना पुरा गर्न निरन्तर रूपमा लाग्ने बताउदै सहिदले देखाएको बाटोमा निरन्तर हिडि विकास र समृद्धिको यात्रामा सहकार्य गर्न बताईन ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज ठाकुर कुमार विक किशोर, केन्द्रीय सदस्य छमकुमारी खनाल चिनारी, प्रदेश सचिवालय सदस्य तथा जिल्ला सयोजक राजेन्द्र भुसाल, प्रदेश सचिवालय सदस्य ठाकुर सौराग आदर्श लगायतका विभिन्न पार्टीका नेता कार्यकर्ता समाजसेवी सरोकारवाला सुरक्षााकर्मी सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

अर्घाखाँची जिल्लाका विभिन्न ५ स्थानमा पर्यटन बिभागले सहिद स्मृति पार्क लगायतका बिभिन्न सरचना निमार्ण गर्न ३ करोड ८८ लाख बिनियोजन गरेको ईन्जिनियर बिरेन्द चौधरीले बताए । जसको जिम्मा हिमालन्जय कन्टक्शन प्रालि ले लिएको छ ।

वडा न ८ का अध्यक्ष रूकेश आलेको अध्यक्षता जस बहादुर रोकाको सञ्चालन, वडा सदस्य बेल बहादुर रानाको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

spot_img
अनिल नेपाली
लेखकको बारेमा

अनिल नेपाली

नेपाली समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?