सुपा देउराली मन्दिर कहिँ सर्दैन : समिति

अर्घाखाँची । सुपा देउराली मन्दिर कहिँ नसार्ने मन्दिर संरक्षण समितिले जनाएको छ । 

नेपालकै एक धार्मिक तथा पर्यटकीय स्थल सुपा देउराली मन्दिर नरपानीमा सार्ने भन्ने कुरा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएपछि मन्दिर संरक्षण समितिले सोमबार पत्रकार सम्मलेन गर्दै खण्डन गरेको छ । समितिले उक्त समाचारप्रति खेद प्रकट गर्दै सुपा देउराली मन्दिर अन्त सार्ने कुरा नसोचेको स्पष्ट पारेको हो । 

समितिले उक्त अफवाह फैलाउने सञ्चार माध्यमलाई कारवाहीको लागि सम्बन्धित निकायलाई पत्र समेत पठाउने भएको छ । कसैको व्यक्तिगत कुरालाई लिएर मन्दिर संरक्षण समितिको आधिकारिक धारणाबिना सञ्चारमाध्यममा ल्याइएको अफवाह प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै सन्धिखर्क नगरपालिका वडा नं. ७ का अध्यक्ष चुरा बहादुर केसीले मन्दिर पहिलाकै स्थानमा रहने र कँही कतै सार्ने कुरा अफवाह मात्रै रहेको बताए । उनले सम्पूर्ण भक्तजनहरूलाई अफवाहको पछि नलाग्न समेत अनुरोध गरे । 

सुपा देउराली मन्दिरमा भाकल गरे चिताएको काम पुरा हुने जनविश्वास रहेको छ । प्राचीन कालमा मनले चिताएको कुरा पुरा गर्न एक युवकले आफू लाहुरे हुन सुपा देउराली देवीलाई भाकल गरेको र मनोकामना पुरा भएपछि बिदामा घर फर्कँदा भाकल नचढाई देवीको बाटो छली भाग्न खोज्दा ती युवकको मृत्यु भएछ। देवीले भाकल गर्नेलाई भीरमा टाँसिदिएको किम्वदन्ती रहेको छ । अहिले पनि उक्त भीर यथावत् रहेको छ । जुन लाहुरे टाँसिएको भीरको नामले निकै नै प्रसिद्ध रहेको छ।

सुपा देउराली मन्दिरले त्यहाँ संकलन हुने भेटीले जिल्लाका चार वटा विद्यालयमा निजी शिक्षकहरूको तलब प्रदान गरिनुका साथै बिभिन्न सामाजिक काममा समेत प्रयोग गरिएको छ ।

मन्दिर सार्ने हल्ला चलेपछि सामाजिक सञ्जालमा तिव्र विरोध हुँदै आएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?