सन्धिखर्क–गोरुसिंगे सडकमा कालोपत्रे गर्ने क्रममा डिस्ट्रिब्युटरमा आगलागी, ६० लाखको क्षति

अर्घाखाँची । सन्धिखर्क–गोरुसिंगे सडक अन्तरगत अर्घाखाँचीको शितगंगा–१२ को हिलेखोला स्थित सडक कालोपत्रे गर्नेक्रममा डिस्ट्रिब्युटर (अलकत्र बोकेको ट्याकंर) मा आगो लागेर नष्ट भएको छ । 

हिलेखोलाको सल्लेरी खण्डमा कालोपत्रे गरिरहेकै अवस्थामा एक्कासी आगो ट्याकंरमा सल्किएपछि अनियन्त्रित भइ उक्त गाडि र त्यसमा भएको ७ हजार लिटर कालोपत्रे गर्न तयार पारिएको तेल (अलकत्रमट्टितेल) जलेर नष्ट भएको हो ।

शिवपुर सडक डिभिजन कार्यालय कपिलवस्तुको योजनामा खनाल बर्दश प्रतिभा सम्झना जे.वि.कन्ट्रक्शन सन्धिखर्कले कामको जिम्मा लिएर काम गर्दै आएकोमा सोमबार साँझ ६ बजे ट्याङ्करमा आगो लागि भएको खनाल बर्दशका प्रमुख कविराम खनालले बताए । “वस्ती नभएको जंगल एरियामा मेरो टिमले काम गर्दै थियो, आगो निभाउने
प्रयास गर्दापनि नियन्त्रणमा लिन सकिएन ।” प्रमुख खनालले भने,“एक्कासी आगो लाग्यो, डिस्ट्रिब्युटरमा आगो लाग्यो,अलकत्र र मट्टितेल चुहिएर सडकको नालीमा बग्न थाल्यो ।” उनले अगाडि थपे, “आगो नियन्त्रण बाहिर गयो, मानविय क्षति नभएपनि आगो लागिबाट करिब ६० लाखको क्षति भयो ।”

आगोलागिबाट अमर निर्माणसेवाको ना ५ ख २०८३ नम्बरको डिस्ट्रिब्युटर र त्यसमा रहको ७ हजार लिटर कालोपत्र गर्न राखिएको तेल समेत जलेर ६० लाख बराबरको क्षति पुगेको उक्त कम्पनीले जनाएको छ । घटना भएको थाहा पाएपछि ठाडा प्रहरीचौकीबाट प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरको नेतृत्वमा खटिएको प्रहरी टोली, स्थानीय बासिन्दा, सडकमा हिँडिरहेका यात्रु  र निर्माण कम्पनीको टोली खटेपछि करिब २ घण्टापछि आगो नियन्त्रणमा आएको बताइएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गोपाल प्रसाद भट्टराई
लेखकको बारेमा

गोपाल प्रसाद भट्टराई

भट्टराई अर्घाखाँची एफएमका स्टेशन म्यानेजर हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?