लुम्बिनीमा प्रदेशसभा अधिवेशन स्थगित

बुटवल ।  चैत ४ बोलाइएको लुम्बिनीमा प्रदेशसभा अधिवेशन स्थगित गरिएको छ ।

प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेको पत्र बिहीबार प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा पठाएको छ ।

सरकारका प्रवक्ता गृहमन्त्री सन्तोष पाण्डेले तत्काल प्रदेश सभालाई कुनै बिजनेस नभएकाले अधिवेशन स्थगित गर्ने निर्णय गरेको बताए ।

२१ फागुनमा एमाले–माओवादी गठबन्धन बनेपछि कांग्रेस नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता लिएको छ ।

नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सभालाई छल्नका लागि वैठक स्थगित गरेको आरोप लगाए ।

सरकारको उक्त निर्णयसँगै बिहीबार दिउँसो नै नेकपा एमाले संसदीय दलका नेता लिला गिरीसहितका नेताहरुले प्रदेश प्रमुख शेरचनलाई भेटेर छलफल गरेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
Online khabar
लेखकको बारेमा

Online khabar

Onlinekhabar देशकाे चर्चित अनलाइन मिडिया हाे ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?