back to top
IPL 2025
IPL 2024
९ जेष्ठ २०८२, शुक्रबार
९ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

उद्योगपति विनोद चौधरीलाई नेपाल प्रहरीले सोधपुछका लागि बोलाउने

spot_img

काठमाडाैं । नेपाल प्रहरीले उद्योगपति विनोद चौधरीलाई बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा खरिदविक्री प्रकरणमा सोधपुछका लागि बोलाउने भएको छ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आइतबार विहान प्रहरी महानीरिक्षक बसन्त बहादुर कुँवर र केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) प्रमुखलाई चौधरीमाथि अनुसन्धान गर्न निर्देशन दिएसँगै सोधपुछका लागि बोलाउने भएको हो।

‘गृहमन्त्रीले  बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरु गर्न निर्देशन दिनुभएको र त्यसका लागि सांसद विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउने सिआइबीका प्रमुखले गृहमन्त्रीलाई जानकारी दिनुभयो’, गृहमन्त्रीको स्वकीय सचिवालयमा रहेका प्रमोद न्यौपानेले भने।

सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजी स्वामित्वको च्याम्पियन फुटवेयर प्रालिलाई बिक्री गरिएको थियो। हाल च्याम्पियन फुटवेयर बन्द भइसकेको छ र त्यसको सम्पत्ति सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ। सोही प्रकरणमा विनोद चौधरीका भाई अरुण चौधरीलाई पक्राउ गरिएको थियो।

३७ वर्षअघि सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको जग्गा जालसाजी गरेर हत्याएको आरोपमा चौधरी ग्रुपमाथि लागेको छ। देशकै ठूलो व्यावसायिक घराना सिजी ग्रुपमा व्यवसायी अरुण चौधरीलाई पक्राउ गरी अनुसन्धान थालेपछि यो प्रकरणले चर्चा पाएको थियो।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?