नौबहिनिमा कृषि तथा पर्यटन प्रवर्द्धनका लागि महोत्सव हुँदै 

अनुपराज पाण्डे,
प्यूठान ।
प्युठानको नौबहिनी गाउँपालिका खलेसवाङमा कृषि तथा पर्यटन प्रवर्द्धनका लागि चैत्र २९ गतेदेखि बैशाख ३ गतेसम्म कृषि तथा पर्यटन महोत्सव आयोजना गर्ने भएको छ। 

कोठिभिर विकास केन्द्र नेपालको आयोजनामा स्याउलीबाङको कोठीभिरको काखमा अवस्थित खलेसवाङमा तेस्रो नौबहिनी कोठिभीर कृषि, पर्यटन महोत्सव हुने भएको हाे। सो महोत्सव पाँच दिनसम्म चल्नेछ । यहाँका उत्पादनको बजारीकरणमा समेत महोत्सवले टेवा पुर्याउने कोठिभिर विकास केन्द्र नेपालका अध्यक्ष पूर्ण बुढामगरले बताए । 

महोत्सव जिल्लाको उच्च स्थानमा रहेको कोठीभिर, नौबहिनी र यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने नौबहिनी गाउँपालिकाकाका अध्यक्ष दिल बहादुर थापाले बताए । प्राकृतिक मनोरमका दृश्यको अवलोकन गर्दै महोत्सवमा सहभागी हुन् अध्यक्ष थापाले आग्रह गरेका छन् ।

नौबहिनिमा उत्पादित कृषिउपज प्रदर्शनी, धार्मिक कलासंस्कृति प्रदर्शनी,राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहनेछ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?