back to top
IPL 2024
IPL 2024
२६ माघ २०८१, शनिबार
२६ माघ २०८१, शनिबार
IPL 2024
spot_img

अर्घाखाँचीमा एसईई परीक्षाको तयारी पूरा, करिव ३ हजार विद्यार्थी सहभागी हुँदै

spot_img

अर्घाखाँची । अर्घाखाँचीमा एसईई परीक्षाको तयारी पूरा भएको छ । 

Workplace

चैत्र १५ गतेदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख मनिराम पराजुलीले जानकारी दिए । 

यस वर्षको एसईईको परीक्षामा अर्घाखाँचीबाट ७७ सामुदायीक र ६ स‌‌स्थागत गरी ८३ विद्यालयका  २ हजार नौ सय ७२ परीक्षार्थी सहभागी हुँदैछन् । पराजुलीका अनुसार एक हजार ३ सय ९७ छात्र र एक हजार ५ सय ७५ छात्राले एसईई परीक्षा दिँदैछन् । जस अन्तर्गत २७ छात्र र २७ छात्रा गरी ५४ जनाले परीक्षार्थी ग्रेड वृद्धिका लागि सहभागि हुँदैछन् । भने प्राविधिकधार तर्फ १ सय ५ जना परीक्षार्थी सहभागी हुँदैछन् ।

परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा र प्रश्नपत्र सुरक्षा केन्द्रहरूमा पठाइसकिएको छ । अर्घाखाँचीमा जम्मा १७ वटा परीक्षाकेन्द्र तोकिएको इकाई प्रमुख पराजुलीले समाचारपोष्टलाई जानकारी दिए ।

परीक्षा सञ्चालनका लागि १७ जना केन्द्राध्यक्ष, २० जना सहायक केन्द्राध्यक्ष र १४८ जना निरीक्षक तोकिएको छ भने सहायक कर्मचारी रुपमा ३१ जना र ६० जना कार्यालय सहयोगी खटाइएको छ । परीक्षालाई शान्त र भयरहित वतावरणमा सम्पन्न गराउन हरेक परीक्षाकेन्द्रमा आवश्यकता अनुसार ४ देखी १० जना सुरक्षाकर्मी परिचालन गरिने छ । 

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?