अर्घाखाँचीमा एसईई परीक्षाको तयारी पूरा, करिव ३ हजार विद्यार्थी सहभागी हुँदै

अर्घाखाँची । अर्घाखाँचीमा एसईई परीक्षाको तयारी पूरा भएको छ । 

चैत्र १५ गतेदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख मनिराम पराजुलीले जानकारी दिए । 

यस वर्षको एसईईको परीक्षामा अर्घाखाँचीबाट ७७ सामुदायीक र ६ स‌‌स्थागत गरी ८३ विद्यालयका  २ हजार नौ सय ७२ परीक्षार्थी सहभागी हुँदैछन् । पराजुलीका अनुसार एक हजार ३ सय ९७ छात्र र एक हजार ५ सय ७५ छात्राले एसईई परीक्षा दिँदैछन् । जस अन्तर्गत २७ छात्र र २७ छात्रा गरी ५४ जनाले परीक्षार्थी ग्रेड वृद्धिका लागि सहभागि हुँदैछन् । भने प्राविधिकधार तर्फ १ सय ५ जना परीक्षार्थी सहभागी हुँदैछन् ।

परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा र प्रश्नपत्र सुरक्षा केन्द्रहरूमा पठाइसकिएको छ । अर्घाखाँचीमा जम्मा १७ वटा परीक्षाकेन्द्र तोकिएको इकाई प्रमुख पराजुलीले समाचारपोष्टलाई जानकारी दिए ।

परीक्षा सञ्चालनका लागि १७ जना केन्द्राध्यक्ष, २० जना सहायक केन्द्राध्यक्ष र १४८ जना निरीक्षक तोकिएको छ भने सहायक कर्मचारी रुपमा ३१ जना र ६० जना कार्यालय सहयोगी खटाइएको छ । परीक्षालाई शान्त र भयरहित वतावरणमा सम्पन्न गराउन हरेक परीक्षाकेन्द्रमा आवश्यकता अनुसार ४ देखी १० जना सुरक्षाकर्मी परिचालन गरिने छ । 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?