नेपाल इन्भेष्टमेन्ट मेगा बैंक मालारानी शाखाद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक मालारानी शाखाको आयोजनामा वित्तिय साक्षरता कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । बैंकले Global Mony Week 2024 को अवसर पारेर धुर्काेट २ पिपलधारमा रहेको श्री गणेश माध्यमिक विद्यालयका कक्षा १२ मा अध्यनरत करिव ५० जना छात्रछात्राहरुलाई बैंक तथा वित्तिय क्षेत्रका विषयमा जानकारी गराएको छ ।

कार्यक्रममा बैंकका शाखा प्रवन्धक मनिष आचार्यले बैंक तथा वित्तिय संस्थाले प्रदान गर्ने सेवाका बारेमा प्रष्ट पारेका थिए । उनले वित्तिय कारोबार, भविश्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेशणबाट प्राष्त रकमको उत्पादनमुलक लगानी, पारिवारीक बजेट तथा योजना बैकका बचत तथा कर्जा योजना साथै बैंकिङ क्षेत्रमा हुदै आइरहेको ठगी नियन्त्रणका लागि अपनाउनुपर्ने सावधानी लगायतका बारेमा समेत जानकारी गराएका थिए ।

विद्यालयका प्रधानाध्यापक कृष्ण जि.सी. ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक मालारानी शाखाले विद्यार्थीहरुको लागि गरेको वित्तिय साक्षरता कार्यक्रमको लागि धन्यबाद दिदै बर्तमान अवस्थामा बैंक तथा वित्तिय क्षेत्रका विषयमा जानकारी हासिल गर्नु जरुरी रहेको बताएका थिए ।  बिषय शिक्षक नविन खनालले कार्यक्रम सञ्चालनका लागि आवश्यक समन्वय गर्नुका साथै कार्यक्रम विद्यार्थीहरुका लागि अत्यन्तै लाभदायक रहेको र यसलाई निरन्तरताको लागि आग्रह गरे ।

बैंकले मालारानी ३ खनदहमा आधुनिक बैंकिङ् सेवा मार्फत ग्राहकहरुलाई सहज, सरल र प्रभावकारी रुपमा सेवा प्रवाह गर्दै बैंकिङ् पहुच भन्दा बाहिर रहेका नागरिकहरुलाई सहजै बैकको पँहुचमा ल्याउने कार्यमा बैङले महत्वपुर्ण योगदान पुर्याएको छ । कार्यक्रम नेपाल इन्भेष्टमेन्ट मेगा बैक मालारानी शाखाका प्रबन्धक मनिष आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
महेश भुसाल
लेखकको बारेमा

महेश भुसाल

भुसाल समाचारपाेष्ट डटकमका सूचना प्रविधि विज्ञ हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?