अर्घाखाँचीका ५ सय १८ साना उद्योग बन्द

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीमा दर्ता भएका ३ हजार ८ सय ३८ उद्योगमध्ये ५ सय १८ वटा उद्योग बन्द भएका छन्।
  • कच्चा पदार्थ र दक्ष जनशक्तिको अभाव तथा बजार प्रतिस्पर्धा गर्न नसक्दा उद्योग बन्द भएका हुन्।
  • अनुदानको लोभ, विदेश पलायन र व्यवस्थापन सम्बन्धी ज्ञानको कमीले पनि उद्योग बन्द हुने क्रम बढेको छ।

अर्घाखाँची । अर्घाखाँची जिल्लामा सञ्चालित ५ सय १८ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । 

घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका अनुसार जिल्लामा हालसम्म ३ हजार ८ सय ३८ उद्योग दर्ता भएका छन् ।  जिल्लामा दर्ता भएका उद्योगमध्ये ५ सय १८ उद्योगको दर्ता खारेज भएको हुन्। हालसम्म उत्पादनमूलक ३ सय ९४, कृषि १ हजार ९ सय ८५, निर्माण दुई सय ५, पर्यटनमूलक ३ सय ३४, सूचना प्रविधि १४, सेवामूलक ३ सय ८१ खनिजजन्य ६ गरी, ३ हजार ८ सय ३८ उद्योग दर्ता भएका छन्।

कच्चा पदार्थ अभाव, दक्ष जनशक्तिको अभावका कारण उद्योग बन्द भएका छन् । कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन् । 

कार्यालयका अनुसार कतिपय उद्योगहरू सरकारबाट प्राप्त हुने अनुदानको लागि खोलिने र अनुदान पाए पछि वा नपाएकै भरमा खारेजी गर्ने प्रवृत्तिका कारण बन्द भएका छन् । कुनै सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि उद्योग बन्द भएका छन भने दर्ता भएका उद्योग सञ्चालनको यथेष्ट ज्ञान र सीप सचेतिकरणको अभावका कारण पनि बन्द भएको कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा सो कार्यालयले ७ लाख ८३ हजार आठ सय रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आव २०८०/८१ को फागुनसम्म दश लाख ५८ हजार २५० राजस्व संकलन भएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?