सीआईबीका ४ इन्सपेक्टर हटाइए

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत रहेका ४ प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई हटाइएको छ ।

इन्सपेक्टर सुरेश खत्रीलाई प्रहरी हेडक्वाटरमा सरुवा गरिएको छ । अर्का इन्सपेक्टर रन्जित लामाको पनि प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ ।

त्यस्तै वकिल सिंहलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ मा सरुवा गरिएको छ । अर्का इन्सपेक्टर कृष्ण श्रेष्ठलाई पहरा गणमा सरुवा गरिएको छ ।

यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका इन्सपेक्टर राजु अधिकारीलाई सीआईबीमा लगिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्सपेक्टर गजेन्द्र रावलको पनि सीआईबीमा काज सरुवा गरिएको छ । उनी अपराध अनुसन्धान र ‘टेक्निकल एनालाइसिस’मा अब्बल मानिन्छन् ।

सुन तस्करी जाँचबुझ आयोगले १ चैतमा उपप्रधानमन्त्री एवम् गृह रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले सीआईबीका एआईजी किरण बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा, डीएसपीद्धय रुगम कुँवर र दुर्गा दाहाललाई विभागीय कारबाहीका लागि सिफारिस गरेपछि सबैलाई प्रहरी प्रधान कार्यालय सरुवा गरिएको थियो ।

त्यस्तै अनुसन्धानमा खटिएकालाई समेत अन्यत्र सरुवा गर्नुपर्ने भन्ने सिफारिस रहेकाले सोही अनुसार इन्सपेक्टरहरूको पनि सरुवा गरिएको सीआईबी स्रोतले जानकारी दियो ।

आचार्य अध्यक्ष रहेको आयोगले विद्युतीय चुरोट (भेप)मार्फत भएको सुन तस्करी र २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिंदै गरेको ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणको छानबिन गरेको थियो । जसमा अनुसन्धानमा खटिएका सीआईबीका प्रहरीको गम्भीर गल्ती भएको आयोगले प्रतिवेदनमा औंल्याएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
Online khabar
लेखकको बारेमा

Online khabar

Onlinekhabar देशकाे चर्चित अनलाइन मिडिया हाे ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?