धातिवाङ्ग वडा कार्यालयलाई नि:शुल्क ३ रोपनी जग्गा दान

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्ग वडा कार्यालयलाई एक परिवारले ३ रोपनी जग्गा दान गरेका छन् ।

धातिवाङ्ग उलेर्नी निवासी स्व. पुर्णकला पौडेलको सम्झनामा समाजसेवी व्यक्तीत्व भोजराज पौडेल र उहाँका छोराहरु न्याधिश धनिश्वर पौडेल, रामप्रसाद पौडेल र वेदराज पौडेलले ३ रोपनी जग्गा दान गरेका हुन् । धातिवाङ्गकै इतिहासमा वडा कार्यालयको लागि पहिलोपटक जग्गा दान भएको वडा अध्यक्ष कृष्णपौडेलको भनाई छ । उहाँहरुले दिएको जग्गाको मुल्य किन्न परेको भएमा मंहगो हुने भन्दै पौडेल परिवारलाई धन्यवाद दिदैँ स्व. आमाको बैकुण्ठबासको कामना वडा अध्यक्ष पौडेलले गरेका छन् ।

स्व. पुर्णकला पौडेलको २०८० फागुन १० गतेका दिन काठमाडौँंमा निधन भएको हो । उनको परिवार सामाजिक क्षेत्रमा क्रियाशिल परिवार हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?