अर्घाखाँची । अर्घाखाँचीमा टिप्पर दुर्घटना हुदा २ जना घाईते भएका छन् ।

कपिलवस्तु देखि अर्घाखाँची आउदै गरेको बानिया निर्माण सेवाको ना १ ख ८४७३ नम्बरको टिप्पर गोरुसिंगे सन्धिखर्क सडकखण्डको शितगङ्गा नगरपालिका वडा न ३ स्थित पाडेगैरा बासको रुख निर ओरालोमा टिप्पर दुर्घटना हुँदा २ जना घाईते भएका इलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएको छ ।
सन्धिखर्क नगरपालिका वडा नं. ७ का २१ वर्षिय अमृत चुदालि र १४ वर्षिय पुरन झाक्री मगर घाइते भएका हुन । उनिहरुको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचार पश्चात बुटवल रिफर गरीएको छ ।
टिप्पर सडकबाट ३०० मिटर तल खसेको थियाे ।