back to top
IPL 2025
IPL 2024
२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

spot_img

पाल्पा : प्रहरीले  १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ। जिल्लाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाकी पदमा सुनारको बीभत्स हत्या गरेको अभियोगमा छिमेकी सागर भनिने देवलाल सार्कीलाई प्रहरीले आज सार्वजनिक गरेको हो।

सुनारको गत मंगलबार दिउँसो १२ बजे धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो। प्रारम्भिक अनुसन्धानमा  हत्यामा संलग्न देखिएकोले लप्सीखोलाका १९ वर्षीय सार्कीलाई पक्राउ गरि सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए।

घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएका सामग्री बरामद गरेको छ। प्रतिवादीले हत्या गर्दा प्रयोग गरेको धारिलो हतियार (हसिया) एक थान, हत्या गर्दा लगाएको लुगा कालो जिन्स पाइन्ट र रातो टिसर्ट एक–एक थान, रातो रङको खादा, कालो रंगको चप्पल एक जोर, मृतकको मोबाइल एक थान र रगतजस्तो रातो पदार्थ लागेको मोबाइलको टेम्पर ग्लास एक थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।

सुनार गत मंगलबार घरबाट अन्दाजी दुई किलोमिटर टाढाको लप्सीखोलामा कपडा धुन र नुहाउन गएकी थिइन्। उनी दिउँसो साँढे तीन बजेसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा ४ बजेको समयमा रिब्दिकोट–१ खुलखुले गैरास्थित लप्सीखोलाबाट कराम्दीतर्फ जाने गोरेटोमा उनले धुन लगेका कपडा लथालिंग अवस्थामा भेटिएको थियो।

सो स्थानबाट अन्दाजी २० मिटर तलपट्टि खरबारीमा सुनारको टाउको, घाँटी, हातमा घाउचोट सहित रगताम्य अवस्थामा  मृत  फेला परेकी थिइन्। उक्त घटना थाहा हुने बित्तिकै प्रहरीचौकी सर्देवा, हार्थोक, अर्गली र जिल्ला  प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकसहितको टोली घटनास्थल पुगी हत्याको अनुसन्धान सुरु गरेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा धारामा मृतक सुनारले लुगा धोएर डोकोमा हाल्न बेला सामान्य विवाद भएको र लुगा बोकेर घरतर्फ फर्किँदै गर्दा पछाडिबाट अभियुक्त सार्कीले हँसिया प्रहार गरेको खुल्न आएको छ।

मृतकको बायाँ पाखुरा, टाउको र पछाडि खप्परमा प्रहार गर्दा मृतक सुनार बाटोबाट अन्दाजी २० मिटर तल खरबारीमा घस्रिदै गई घोप्टो अवस्थामा पुगेको प्रहरीले जनाएको छ। मृतकको टाउकोमा दुई/तीनपटक प्रहार गरी मोबाइल समेत लिएर गएको अभियुक्तले प्रहरीलाई बताएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। मृतक सुनारको शव शवपरीक्षणका लागि रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?