नेपालले आज भारतमा बरोडासँग खेल्दै

काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा आज बरोडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २ : ४५ मा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो । नेपाल लगातार दोस्रो र बरोडा पहिलो जितको खोजीमा हुनेछ ।

गुजरातलाई ९८ रनमा अल आउट गर्न गुलशन झाले ४ र करण केसीले ३ विकेट लिएका थिए । ९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालका दीपेन्द्रसिंह ऐरी प्रमुख हतियार हुन् । दीपेन्द्रको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा महत्वपूर्ण हुनेछ ।

ओपनर कुशल भुर्तेल, कुशल मल्ल, अनिल कुमार शाह र रोहित पौडेल शीर्ष चार ब्याटर हुन् । यी मध्य एकले ठूलो इनिङ खेल्नुपर्ने हुन्छ । नेपालको ब्याटिङमा गहिराइ छ । सन्दीप जोरा, दीपेन्द्र, गुलशन झा, करण र सोमपालले तल्लोक्रम सम्हाल्न सक्छन् ।

पहिलो खेलमा बेन्चमा रहेका ललित राजवंशी, प्रतिश जि.सी, विवेक यादव र आकाश चन्दलाई नेपालले मौका दिएको थियो । दुई सातापछि ओमानमा हुने एसीसी प्रिमियर कपको लागि नेपालले भारतमा तयारी गरेको हो । त्यसैले बेन्चका खेलाडीलाई पनि मौका दिनसक्छ ।

उता बरोडाको कप्तानी विष्णु सोलांकीले गर्नेछन् । ३१ वर्षीय उनले ४१ प्रथम श्रेणी, ५० लिष्ट ए र ६२ टी-२० खेल खेलेका छन् । त्यस्तै भारतबाट यू १९ क्रिकेट खेलेका शस्वात रावत पनि बरोडाको टोलीमा छन् । अभिमन्युसिंह राजपुत र भानु पनिया छन् ।

बरोडाको टोलीमा अधिकांश खेलाडी रणजी खेल्ने दोस्रो रोजाइका खेलाडी छन् । बुधबार नेपालले गुजरात र शुक्रबार बरोडासँग खेल्नेछ । फाइनल पुग्न सके आइतबार खेल्नेछ ।

नेपालको टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी, अभिनाश बोहरा र आकाश चन्द ।

बरोडाको टोली

विष्णु सोलांकी (कप्तान), ज्योत्सनिल सिंह, शस्वात रावत, प्रियांशु मोलिया, भानु पनिया, हेमन्त पौण्डे, सोयबी सोपारिया, अभिमन्युसिंह राजपुत, ध्रुव पटेल, जय अभाले, अमित पासी, मोहित मोंगिया, पिरिक्षित पाटीदार, लक्षित तोक्सिया र बाबासाफिखान पठान ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
Online khabar
लेखकको बारेमा

Online khabar

Onlinekhabar देशकाे चर्चित अनलाइन मिडिया हाे ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?