कर्मचारी युनियन अर्घाखाँचीको क्यालेण्डर विमोचन

सन्धिखर्क । नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीको आयोजनामा नवबर्ष २०८१ को शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

विमोचन कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका जिल्ला सभापति केशब श्रेष्ठले जनताका काम छिटोछरितो र सर्वसुलभ तवरबाट गरी सुशासनको प्रत्याभुती दिलाउने गरि काम गर्न कर्मचारीहरुलाई आग्रह गरे । सभापति श्रेष्ठले स्थायी सरकारनै निजामती कर्मचारी रहेको बताउदै सरकारलाई सफल गराउने वा असफल गराउने हात निजामती प्रशासनमानै रहेको बताए । नवबर्ष २०८१ को शुभकामना दिदै श्रेष्ठले जनताको सेवामा निजामती कर्मचारीहरुले अझ परिस्कृत भइ काम गर्नेमा आफुले बिश्वास लिएको बताए ।

कार्यक्रममा कर्मचारी हरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष कृष्ण बर्माले कर्मचारीले जनताको सेवा र सुविधालाई निश्पक्ष ढंगबाट सेवा प्रवाह गर्नु पर्ने बताए । कर्मचारीको हकहितको निम्ति सदैव ट्रेड युनियन तत्पर रहेको बताउदै कर्मचारीलाई पर्ने समस्या समधान गर्न संगठन अब्बल रहेको जिकिर गरे ।

नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य प्रेमनारायण आचार्यले निजामती कर्मचारी युनियन र प्रेस युनियन सहकार्य गरेर अगाडि बढेको बताउदै सरल सेवा दिनका लागि कर्मचारी लाई अनुरोध गरे। कार्यक्रममा निजामती कर्मचारी युनियनका पुर्व जिल्ला अध्यक्ष नेता शेषकान्त घिमिरेले संघीय निजामति सम्बन्धी ऐन सदनमा टेबुल भएको बताउदै निजामति सेवामा लाग्ने सम्पुर्ण कर्मचारीले एउटै सेवा सुविधा पाउनुपर्ने मुख्य एजेण्डा युनियनको रहेको दाबी गरे ।

स्वास्थ्यकर्मि सघका अध्यक्ष गणेश पौडेलले राजनीति र प्रशासनको सम्बन्ध सुमधुर हुन आवश्यक रहेको बताए । कर्मचारीलाई कमजोर बनाउने काम सरकारबाट हुन नहुने बताए ।

कार्यक्रम नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीका अध्यक्ष दिपक पान्डेको अध्यक्षता सहसचिव रमेस न्यौपानेको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा नेपाल प्रेस युनियनका प्रदेश सचिव सुर्य प्रसाद भुसाल, नेपाल निजामती कर्मचारी युनियनका नेताहरु रुकेन्द्र पालुङ्गे, माया घिमिरे, प्रकाश परियार, मोहन मिश्र, शिवलाल घिमिरे, थान बहादुर महत्रा, राजेन्द्र भट्टराई, सन्जय कुमार श्रेष्ठ, मधु खनाल चन्द्रमणि अचार्य, मोति घिमिरे, राधा न्यौपाने, विष्णु खनाल, रविन्द्र न्याैपाने, प्रेस युनियनका जिल्ला उपाध्यक्ष अम्बिका बेल्वासे कर्मचारी का नेता बिस्नु खनाल रविन्द्र न्याैपाने लगायतको उपस्थिति रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?