अर्घाखाँची । पाणिनिको कृष्ण माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरुलाई विदाइ तथा शुभकामना प्रदान कार्यक्रम आज सम्पन्न भएको छ । कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा १२ विद्यार्थीहरुलाइ भव्य समारोहका बिच विदाइ गरेका हुन् ।
कक्षा ११ मा अध्ययनरत विद्यार्थी राजन घिमिरेको सभापतित्व तथा विद्यालयका प्रधानाध्यापक टेकनारायण गैरेको प्रमुख आतिथ्य एवं लक्ष्मी विद्यार्थी गणेश बेल्बासेको स्वागत मन्तब्यसहित सुरु भएको उक्त कार्यक्रममा कक्षा १२ को वार्षिक परीक्षाको तयारीमा रहेका र विदाइ भएर जाने विद्यार्थीहरुलाइ प्रधानाध्यापक गैरे लगायत आयोजक कक्षा ११ का विद्यार्थीहरुले अविर, माला अनि मायाको चिनो सहित विदाइ गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं विद्यालयका प्रधानाध्यापक गैरेले विद्यार्थीहरुलाइ शिक्षाको महत्त्व दिनानुदिन बढ्दै गइरहेको सन्दर्भलाइ मनन गर्दै आफुलाइ अझ परिपक्व बनाउन आग्रह गरेका छन् । त्यस्तै विद्यार्थीहरुका हरेक शैक्षिक समस्याहरुलाई कम गर्दै लैजाने प्रयत्नमा दत्तचित्त भएर लाग्ने समेत कार्यक्रमका प्रमुख अतिथि गैरेले बताएका छन् । कार्यक्रममा विद्यालयको तर्फबाट शिक्षक अनन्तप्रसाद घिमिरे, भोजराज घिमिरे, भक्तबहादुर रेस्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कक्षा ११ का विद्यार्थीहरुले पनि शुभकामना मन्तव्य लगायत कविता, गीत, गजल, नृत्य आदि विभिन्न सास्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए।
कार्यक्रमको सन्चालन विद्यार्थीद्वय निशा अधिकारी र बिमला घिमिरेले गरेका थिए।