पाणिनिको कृष्ण मा.वि. मा विदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न

अर्घाखाँची ।     पाणिनिको कृष्ण माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरुलाई विदाइ तथा शुभकामना प्रदान कार्यक्रम आज सम्पन्न भएको छ । कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा १२ विद्यार्थीहरुलाइ भव्य समारोहका बिच विदाइ गरेका हुन् ।

कक्षा ११ मा अध्ययनरत विद्यार्थी राजन घिमिरेको सभापतित्व तथा विद्यालयका प्रधानाध्यापक टेकनारायण गैरेको प्रमुख आतिथ्य एवं लक्ष्मी विद्यार्थी गणेश बेल्बासेको स्वागत मन्तब्यसहित सुरु भएको उक्त कार्यक्रममा कक्षा १२ को वार्षिक परीक्षाको तयारीमा रहेका र विदाइ भएर जाने विद्यार्थीहरुलाइ प्रधानाध्यापक गैरे लगायत आयोजक कक्षा ११ का विद्यार्थीहरुले अविर, माला अनि मायाको चिनो सहित विदाइ गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं विद्यालयका प्रधानाध्यापक गैरेले विद्यार्थीहरुलाइ शिक्षाको महत्त्व दिनानुदिन बढ्दै गइरहेको सन्दर्भलाइ मनन गर्दै आफुलाइ अझ परिपक्व बनाउन आग्रह गरेका छन् । त्यस्तै विद्यार्थीहरुका हरेक शैक्षिक समस्याहरुलाई कम गर्दै लैजाने प्रयत्नमा दत्तचित्त भएर लाग्ने समेत कार्यक्रमका प्रमुख अतिथि गैरेले बताएका छन् । कार्यक्रममा विद्यालयको तर्फबाट शिक्षक अनन्तप्रसाद घिमिरे, भोजराज घिमिरे, भक्तबहादुर रेस्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कक्षा ११ का विद्यार्थीहरुले पनि शुभकामना मन्तव्य लगायत कविता, गीत, गजल, नृत्य आदि विभिन्न सास्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए।

कार्यक्रमको सन्चालन विद्यार्थीद्वय निशा अधिकारी र बिमला घिमिरेले गरेका थिए।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?