नेपाली महिला समाज कतारको इफ्तार कार्यक्रम भव्य रुपमा सम्पन्न

दोहा कतार,
सन्ध्या अर्याल
कतारमा रहेका नेपाली महिलाहरुको एक मात्रै अभिभावक संस्थाको रुपमा रहेको “नेपाली महिला समाज कतार ” ले इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा सनैयाको ग्रान्डमलमा अवस्थित लालीगुराँस रेस्टुरेन्टको हलमा समाजकी अध्यक्ष लोकमाया क्षेत्री (माया केसी) को अध्यक्षता तथा कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । अन्य संस्थाहरुको कार्यक्रमहरु भन्दा केही फरक शैलीमा इस्लामिक धर्मावलम्बीहरु तथा मौलानाहरुलाई मात्र निमन्त्रणा रहेको उक्त कार्यक्रमको शुभारम्भमा मौलाना ईशहाक नदबिले कुरान वाचन गरेका थिए ।
कार्यक्रममा कतारमा स्थापित इस्लामिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको मात्रै विशेष उपस्थिति तथा शुभकामना मन्तव्य रहेको थियो ।

राष्ट्रिय मुस्लिम परिषद् नेपालका अध्यक्ष तथा मौलाना कासिम रैयान अलियादी (चतुर्वेदी)ले इस्लाम धर्मावलम्बीहरूको रोजा( व्रत ) तथा इस्लाम धर्ममा रमजान महिनाको महत्वका बारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि ढकालले आफू कतार आए लगत्तै कतारका शेख (राजा)लाई नेपाल भ्रमणका लागि अनुरोध गर्दै पहल गरेको र उक्त कदमले बल्ल सार्थकता पाएको बताए । दुई देश बिचको आपसी मेलमिलाप र सम्बन्धमा थप मधुरता प्रदान गर्न यस्ता भ्रमणले महत्त्वपूर्ण भुमिका खेल्ने बताए। नेपाली महिला समाजले रमजानको मर्मलाई बुझेर फरक शैलिमा इफ्तार कार्यक्रमको आयोजना गरेकोमा खुशी व्यक्त गर्दै यसले समाजमा सकारात्मक सन्देश दिएको बताए ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष केसीले कार्यक्रम भव्य रूपमा सफल बनाउनका लागि आ–आफ्नो स्थानबाट साथ ,सहयोग र समन्वय गर्नेहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गरिन् ।
समाजकी प्रथम उपाध्यक्ष सन्ध्या अर्यालले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई महासचिव मेनुका खतिवडा भण्डारीले सहजीकरण गरेकी थिइन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
सन्ध्या अर्याल
लेखकको बारेमा

सन्ध्या अर्याल

अर्याल समाचारपोष्ट डटकमकी कतार ब्युरो प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?