एसीसी प्रिमियर कपमा नेपालले आज हङकङसँग खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा आज नेपालले हङकङसँग खेल्दैछ । खेल मध्याह्न ११:४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुनेछ ।

नेपाल हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । उता हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराउँदा साउदी अरेवियासँग ५५ रनले पराजित भएको थियो ।

आइतबार साउदीले दिएको २०३ रनको लक्ष्य पछ्याएको हङकङ १४७ रनमा अलआउट भएको थियो । शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न हङकङले नेपाललाई हराउनैपर्ने दबाब छ । हङकङ लगातार दोस्रो दिन खेल्दा नेपाल एकदिनको विश्रामपछि खेल्दैछ । त्यसैले नेपाललाई केही फाइदा हुनसक्छ ।

यता कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेका दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । उनको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

प्रमुख बलर करण, सोमपाल र अभिनाशले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । शीर्षक्रमका ब्याटर आसिफ शेख, कुशल भुर्तेल र रोहित पौडेलले राम्रो स्ट्राइकरेटमा रन बनाउनु पर्ने हुन्छ ।

नेपालले विवेक यादवको स्थानमा करण केसीलाई टोलीमा फर्काउने सम्भावना छ । दोस्रो खेलमा नेपालले करणलाई विश्राम दिएको थियो ।

यता हङकङका कप्तान निजाकत खान, बाबर हायत, मार्टिक कोट्जी र अंशुमन रथ प्रमुख ब्याटर हुन् । शीर्ष चार ब्याटरमा बढी निर्भर हुँदा समयमै विकेट लिन आवश्यक देखिन्छ । गत मार्चमा त्रिकोणात्मक सिरिजमा नेपाललाई हराउन बाबर हायतले ४९ बलमा ३ चौका र १३ छक्कासहित ११० रनको शतकीय इनिङ खेलेका थिए । नेपालको फ्रेन्चाइज लिग खेल्दै खेलाडीबारे जानकार हायत घातक बन्न सक्ने खेलाडी हुन् ।

यस्तो छ हेड टु हेड

नेपाल र हङकङबीच ९ टी–२० आई खेल भएका छन् । दुबै टोली समान ४ खेलमा विजयी हुँदा एक खेल वर्षाको कारण रद्द भएको थियो । पछिल्ला पाँच भेटमा नेपाल २ खेलमा विजयी हुँदा २ खेलमा पराजित भएको थियो ।

१० टोली सहभागी प्रिमियर कपको विजेताले एसिया कप टी–२० प्रतियोगिता खेल्न पाउनेछ । समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । साउदी २ खेलमा समान १ मा जित र हारसहित दोस्रो स्थानमा छ । मलेसिया र हङकङको समान खेलमा १ मा जित र १ मा हारसहित २–२ अंक भए पनि नेट रनरेटका कारण तेस्रो र चौथो स्थानमा छन् । कतार २ खेलमा जितविहीन हुँदै पुछारमा छ ।

समूह ‘बी’ मा ओमान र युएईको सुरुवाती २ खेलमा ४–४ अंक छ । नेट रनरेटको कारण ओमान शीर्ष र युएई दोस्रो स्थानमा छन् । कुवेत २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ तेस्रो, बहराइन र कम्बोडिया समान २ खेलमा अंक विहीन हुँदै पुछारमा छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
Online khabar
लेखकको बारेमा

Online khabar

Onlinekhabar देशकाे चर्चित अनलाइन मिडिया हाे ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?