काठमाडौँ । नेपाल ज्योतिष परिषद् केन्द्रीय कार्यालयले सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको अधिवेशन यहि वैशाख १९ गर्ने जनाएको छ ।
नेपाल ज्योतिष परिषद्का केन्द्रीय महासचिव कमल प्रसाद काफ्लेद्वारा हस्ताक्षरित सूचनामा उक्त दुई प्रदेशको अधिवेशनका लागि सम्बन्धित प्रदेश अन्तर्गतका जिल्ला समितिहरुले ७ जना सदस्य बराबर १ जना प्रदेश पार्षद चयन गरि प्रदेश अधिवेशनको लागि पठाउनु पर्ने र प्रदेश समितिमा रहेका र जिल्लाबाट चयन भएर आएका पार्षदहरुले मात्रै मतदान गर्ने तथा उम्मेद्वार बन्न पाउने व्यवस्था रहेकोले सोही अनुसार कार्य गर्न जिल्ला र प्रदेश समितिहरुलाई सूचना गरिएको छ ।
त्यसैगरी बाँकी रहेका मधेस र गण्डकी प्रदेशको अधिवेशन पनि यही वैशाख महिनाभित्र सम्पन्न गर्ने उद्देश्य रहेको महासचिव कमल काफ्लेले जानकारी दिनुभएको छ ।
नेपाल ज्योतिष परिषद् केन्द्रीय महाधिवेशन आगामी भदौमा हुने पनि परिषद्ले जनाएको छ ।