पाणिनि गाउँपालिकामा ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमको सम्पूर्ण तयारी पूरा

अर्घाखाँची । सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ सञ्चालन गर्दै छ । 

सोही कार्यक्रम अन्तर्गत पाणिनि गाउँपालिकामा पनि  ‘राष्ट्रिय भिटामिन ए’ को सबै तयारी पूरा गरिएको छ । पाणिनि गाउँपालिकामा यसको सबै तयारी पूरा भएको स्वास्थ्य संयोजक शेसकान्त घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार भिटामिन ए र जुकाको औषधि सम्बन्धित स्वास्थ्य संस्था तथा स्वयंसेविका सम्म पुर्याइएको छ ।  

भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ घिमिरेको भनाई छ । उनले कोही बालबालिकालाई उक्त अभियानमा नछुटाउन अनुरोध गर्दै पायक पर्ने स्वास्थ्य चौकी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकासंग सम्पर्क गर्न अनुरोध गरे । 

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि  भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि नियमित खुवाउन थालीएको हो । पालिका भरीका १ हजार ३ सय २० बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि १ हजार १ सय ७९ बालबालिकालाई खुवाइने लक्ष्य रहेको स्वास्थ्य शाखा सहसंयोजक राम प्रसाद घिमिरेले जानकारी दिए । 

घिमिरेले  ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमसँगै यसअघि खोप लगाउन छुटेका बालबालिकाको तथ्यांक संकलन गरीने साथै बालभिटा पनि बितरण गरीने जनकारी दिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?