back to top
१७ बैशाख २०८१, सोमवार
IPL 2024
IPL 2024
१७ बैशाख २०८१, सोमवार
IPL 2024
spot_img

पाणिनि गाउँपालिकामा ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमको सम्पूर्ण तयारी पूरा

Workplace

अर्घाखाँची । सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ सञ्चालन गर्दै छ । 

Workplace

सोही कार्यक्रम अन्तर्गत पाणिनि गाउँपालिकामा पनि  ‘राष्ट्रिय भिटामिन ए’ को सबै तयारी पूरा गरिएको छ । पाणिनि गाउँपालिकामा यसको सबै तयारी पूरा भएको स्वास्थ्य संयोजक शेसकान्त घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार भिटामिन ए र जुकाको औषधि सम्बन्धित स्वास्थ्य संस्था तथा स्वयंसेविका सम्म पुर्याइएको छ ।  

भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ घिमिरेको भनाई छ । उनले कोही बालबालिकालाई उक्त अभियानमा नछुटाउन अनुरोध गर्दै पायक पर्ने स्वास्थ्य चौकी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकासंग सम्पर्क गर्न अनुरोध गरे । 

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि  भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि नियमित खुवाउन थालीएको हो । पालिका भरीका १ हजार ३ सय २० बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि १ हजार १ सय ७९ बालबालिकालाई खुवाइने लक्ष्य रहेको स्वास्थ्य शाखा सहसंयोजक राम प्रसाद घिमिरेले जानकारी दिए । 

घिमिरेले  ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमसँगै यसअघि खोप लगाउन छुटेका बालबालिकाको तथ्यांक संकलन गरीने साथै बालभिटा पनि बितरण गरीने जनकारी दिए ।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?