पाणिनि गाउँपालिकामा नेविसंघले बुझायाे १७ बुँदे ज्ञापनपत्र

अर्घाखाँची । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कूल वार्षिक बजेटको न्यूनतम् २० प्रतिशत बजेट शिक्षामा छुट्याउन माग गरेको छ ।

नेविसंघको ५५ औं स्थापना दिवसको अवसरमा बिहिबार अर्घाखाँचीकाे पाणिनि गाउँपालिकामा ज्ञापनपत्र बुझाउँदै स्थानीय सरकारले समेत आफ्नो कुल वार्षिक बजेटको न्यूनतम २० प्रतिशत अनिवार्य सार्वजनिक शिक्षामा विनियोजन गर्नुपर्ने माग राखेको हो ।

वर्तमान शैक्षिक अवस्थाको अनुगमन, अध्ययन एवं अनुसन्धान गर्न तथा आधारभूत र माध्यमिक तहसम्मको शिक्षामा देखिएका साझा समस्या समाधान गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको केन्द्रीय सदस्य बिकास पाण्डेले जानकारी दिए ।

१७ बुँदे ज्ञापन पत्र बुझाएको नेविसंघले माध्यमिक तह सम्मको शिक्षा निशुल्क हुनुपर्ने, सार्वजनिक शिक्षामा राज्यको लगानी अभिवृद्धि गर्न, नेपालको सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्न तथा नेपालको संविधानले व्यवस्था गरेको शिक्षासम्बन्धी हकको कार्यान्वयन गर्न माग गरेको छ ।

कार्यक्रममा नेबिसंघ केन्द्रीय सदस्य बिकास पाण्डे, जिल्ला अध्यक्ष कृष्ण भुसाल, निमित्त प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद घिमिरे, नेपालि कांग्रेस जिल्ला सचिव अच्यूत गौतम, नेबिसंघ पूर्व अध्यक्ष यूवराज पाण्डे, पालिकाका कर्मचारी पत्रकार लगायतको उपस्थिती रहेको थियो।

ज्ञापन पत्र बुझ्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । नेबिसंघले अाज देशभरका स्थानीय तहमा ज्ञापनपत्र बुझाएकाे छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?