back to top
IPL 2025
IPL 2024
११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार
IPL 2025
spot_img

जहाजभित्रै भेटियो एक किलो सुन

spot_img

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाजको सिट पछाडीको पकेटभित्र १ किलो सुन फेला परेको छ।

भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको इन्डिगो एयरको सिट पकेटमा बेवारिसे अवस्थामा उक्त सुन फेला परेको हो।

बुधवार बिहान जहाज अवतरणपछि पार्किङ भएको जहाजमा १ किलो ७० ग्राम सुन फेला परेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले बताए। उनका अनुसार सुन ल्याउने व्यक्तिको पहिचान भएको छैन।

जहाजको सिट नम्बर २७ चार्लीको पछाडि तथा २८ चार्लीको अगाडि सिट पकेटको तलपट्टि कालो र सेतो रङको टेपले बेरिएको अवस्थामा सुन फेला परेको शर्माले बताए।

प्रहरीका अनुसार सिक्री ३ थान, सुनको बिस्कुट ६ थान, त्रिभुज आकारका सुनका टुक्राहरु २ थान र सिक्री जोड्ने ससाना रिङ २ थान फेला परेको हो।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?