जहाजभित्रै भेटियो एक किलो सुन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाजको सिट पछाडीको पकेटभित्र १ किलो सुन फेला परेको छ।

भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको इन्डिगो एयरको सिट पकेटमा बेवारिसे अवस्थामा उक्त सुन फेला परेको हो।

बुधवार बिहान जहाज अवतरणपछि पार्किङ भएको जहाजमा १ किलो ७० ग्राम सुन फेला परेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले बताए। उनका अनुसार सुन ल्याउने व्यक्तिको पहिचान भएको छैन।

जहाजको सिट नम्बर २७ चार्लीको पछाडि तथा २८ चार्लीको अगाडि सिट पकेटको तलपट्टि कालो र सेतो रङको टेपले बेरिएको अवस्थामा सुन फेला परेको शर्माले बताए।

प्रहरीका अनुसार सिक्री ३ थान, सुनको बिस्कुट ६ थान, त्रिभुज आकारका सुनका टुक्राहरु २ थान र सिक्री जोड्ने ससाना रिङ २ थान फेला परेको हो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
Online khabar
लेखकको बारेमा

Online khabar

Onlinekhabar देशकाे चर्चित अनलाइन मिडिया हाे ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?