back to top
IPL 2024
IPL 2024
२ चैत्र २०८१, शनिबार
२ चैत्र २०८१, शनिबार
IPL 2024
spot_img

लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना बनाउनुपर्छः मुख्यमन्त्री आचार्य

spot_img

 लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना विश्व विद्यालय बनाउनेगरी भूमिका बढाउनुपर्ने बताएका छन । प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अघि बढाएको प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना विश्व विद्यालय बनाउनेगरी भूमिका बढाउन आवश्यक रहेको धारणा राखेका छन ।

विश्व विद्यालयको छैठौं सभा(सिनेट) बैठकलाई बुधबार बाँकेमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले विश्व विद्यालयको शैक्षिक र प्रशासनिक सेवालाई थप प्रभावकारी बनाउन जरुरी रहेको बताए ।‘यो विश्व विद्यालयलाई देशकै नमुना बनाउन चाहन्छौं । देशका विभिन्न स्थानबाट विद्यार्थीहरु यहाँ पढ्न आउने वातावरण र अवसर सरकारले सृजना गर्न चाहन्छ’मुख्यमन्त्री आचार्यले भने,‘युगले खोजेको जनशक्ति, विश्व बजारमा खपत हुन सक्ने जनशक्ति उत्पादनको केन्द्र बनाउन चाहन्छौं ।

यो विश्व विद्यालयलाई सबैको आकर्षणको केन्द्र कसरी बनाउन सकिन्छ भन्ने बारेमा तपाई हामि सबै गम्भिर भएर अझ परिस्कृत गरेर अघि बढ्न जरुरी छ ।’ प्रदेशबाट प्राविधिक जनशक्ति उत्पादन गर्ने संकल्प सहित विश्व विद्यालय स्थापना गरेको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले शैक्षिक संस्थाहरुको अध्ययन केन्द्रको रुपमा समेत विकाश गर्ने लक्ष्य रहेको बताए ।‘विद्यार्थीलाई आकर्षण गर्न सक्नुपर्छ । आवश्यकताको आधारमा संकायहरु थप गर्ने बारेमा पनि सोच्न जरुरी छ’उनले भने,‘विद्यार्थीलाई कामसंग जोड्नै पर्छ ।

सरकारले यसमा ध्यान दिन्छ ।’ विश्व विद्यालयका कुलपति समेत रहनुभएका मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले अनुसन्धान र नवप्रवर्तन क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको समेत जानकारी गराए । विश्व विद्यालयको सिनेट बैठकमा आर्थिक बर्ष २०८०\०८१ को बार्षिक प्रगतिको समिक्षा, चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रम लगायत विविध बिषयहरुमा छलफल भएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?