back to top
IPL 2025
IPL 2024
६ बैशाख २०८२, शनिबार
६ बैशाख २०८२, शनिबार
IPL 2025
spot_img

गाउँगाउँमा नागरिक सुनुवाई गर्दै अर्घाखाँची प्रहरी

spot_img

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम भूमिकास्थान नगरपालिकाको खिल्जी बेल्बोटमा सम्पन्न भएको छ ।


प्रहरीले प्रदान गर्ने सेवा प्रवाह र शान्ती सुरक्षाको बारेमा स्थानीय सर्बसाधारणको भावना बुझ्न नागरिक सुनुवाई कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरिक्षक विष्णु प्रसाद पौडेलले बताउनुभयो।
आफ्नो पालिकामा प्रहरीले गरेको सेवा प्रवाह उत्कृष्ट रहेको भन्दै भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाले प्रहरीको प्रशंसा गर्नुभयो । उहाँले गाउँमा भएका झैझगडा, जुवातास, लगायतका विषयमा प्रहरीलाइ सुचना दिन सर्बसाधरणलाई आग्रह गर्नुभयो ।


कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य झुपलाल खनाल, वडा अध्यक्षहरु जयगोपाल श्रेष्ठ, राजकुमार श्रेष्ठ, प्रेमनारायण वेल्वासे, सदस्य गिता जिएम्, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रम जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक विष्णु प्रसाद पौडेलको अध्यक्षता र प्रहरी सहायक निरिक्षक सुर्यप्रसाद भट्टराइको सञ्चालनमा सम्पन्न भएको हो ।

 

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?